२०८२ मंसिर २०
December 5, 2025, Friday

धार्मिक क्षेत्र जगन्नाथमा म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रम

म्याग्दी जेसीजको आयोजनामा आज (शनिवार) म्याग्दीको धार्मिक क्षेत्र जगन्नाथधाममा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक जगन्नाथ मन्दिर परिसरमा पर्यटन बोर्ड स्थापना गरिएको हो ।

Advertisement

म्याग्दी जेसीजको आयोजना, वडा कार्यालय पुलाचौर र जगन्नाथ मन्दिर व्यवस्थापन समितिसँगको समन्वय तथा सहकार्यमा जगन्नाथ क्षेत्रमा पर्यटकहरुको आगमन बढाउने उद्देश्यसहित पर्यटन पवद्र्धन कार्यक्रम गरिएको म्याग्दी जेसीजले जनाएको छ । म्याग्दी जेसीजको लोगो अङ्कित उक्त बोर्डमा ‘द हेरिटेज जगन्नाथ’ लेखिएको पर्यटकीय बोर्ड जगन्नाथ मन्दिर अगाडि गाडिएको छ ।

Advertisement

समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित जगन्नाथ मन्दिरलाई पृष्ठभूमीमा पारेर फोटो र भिडियो लिने गरी पर्यटकहरुलाई लक्षित गरेर बोर्ड जडान गरिएको हो । पर्यटकीय बोर्डको अनावरण गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले म्याग्दी जेसीजले धार्मिक क्षेत्र जगन्नाथमा जडान गरेको पर्यटकलक्षित बोर्डले नगर क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले बेनी नगरपालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरुको विकास र प्रवद्र्धनमा आवश्यक पहल थालिएको जानकारी दिनुभयो । धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले म्याग्दी जेसीजले व्यक्तित्व र नेतृत्व विकास सँगसँगै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले हिमाली जिल्ला म्याग्दी पर्यटकीय हिसाबले अब्बल भएको बताउँदै पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माण र विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ शर्माले म्याग्दी जेसीजले राखेको पर्यटन बोर्डले जगन्नाथ क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जगन्नाथ मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँ र म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष सुमन बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, उपाध्यक्ष एवं कार्यक्रम संयोजक देवेन्द्र घिमिरेको सञ्चालन र महासचिव सज्जन श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो । उक्त पर्यटकीय बोर्ड निर्माणकार्यमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि एरियाबाट आर्थिक सहयोग भएको छ । म्याग्दी जेसीजले यसअघि पनि जिल्लाको पर्यटकीय क्षेत्रहरु लभ्लीहिल, ढोलठान दरबारलगायत क्षेत्रमा पर्यटन बोर्ड स्थापना गरेको थियो ।

Related News

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
  • २०८० चैत्र ३, शनिबार १५:११

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको  उद्धार
फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार
  • २०८० चैत्र ३, शनिबार १५:११

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
  • २०८० चैत्र ३, शनिबार १५:११

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...

TOP