२०८३ श्रावण १०
July 26, 2026, Sunday

द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम

म्याग्दीको सदरमुकाम बेनीमा द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

Advertisement

‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित दुई दिनसम्म चलेको तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, नेतृत्व गर्ने तौरतरिका, सकारात्मक सोच, उत्प्रेरणा, महिला तथा बालबालिका सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना, संविधानमा एकल तथा द्वन्द्वपीडित महिलाहरुको हक र अधिकार, संघीय संरचनामा सरकारहरुले ल्याउने नीति तथा कार्यक्रमलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

बुधवारदेखि बिहीबारसम्म चलेको तालिमको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष सृजना श्रेष्ठ, एड्भोकेसी फोरम गण्डकी प्रदेशका संयोजक कुञ्जनी परियार (प्यासी), मनोसामाजिक विमर्शकर्ता लक्ष्मी विक र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका प्रशासन तथा वित्त प्रमुख सुजाता खत्रीले सहजीकरण गर्नुभएको थियो । तालिमको यसअघि गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीको विशेष उपस्थिति रहेको कार्यक्रमको उद्घाटनसत्र एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीका अध्यक्ष देवी केसीको अध्यक्षता, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका अध्यक्ष देवीकुमारी खत्रीको स्वागत र प्रशासन तथा वित्त प्रमुख सुजाता खत्रीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने मनोसामाजिक विमर्शकर्ता लक्ष्मी विकले सञ्चालन गर्नुभएको थियो । तालिममा जिल्लाका ३० जना द्वन्द्वपीडित एकल महिलाहरुले सहभागिता जनाएका थिए ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP