२०८३ भाद्र २
August 18, 2026, Tuesday

बेनीमा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु

म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ ।
नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो ।

Advertisement

नगरपालिकाको नीति, बजेट र योजना निर्माणमा बालबालिकालाई सहभागी गराउने, पूर्वाधार योजना र कार्यक्रमलाई बालबालिकाको सहज पहँुच स्थापित गरेर बालमैत्री बनाउने तयारी थालिएको हो ।

अभिमुखीकरण कार्यक्रमपछि जनप्रतिनिधी र सहभागीहरुले बेनी नगरपालिकालाई बालमैत्री बनाउन कार्ययोजना तयार पारेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका परामर्शदाता रुपान्तरण नलेज हवका बिनोद शर्मा (धौलागिरि)ले बताउनुभयो ।

वडा, टोल र समुदाय स्तरमा तिब्रता र निरन्तरता दिने प्रतिवद्धता जनाउनु भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बालमैत्री स्थानीय शाषनका सबै सूचक पुरा गर्न स्रोत व्यवस्थापन र कार्यक्रम तथा नीति बनाउने बताउनुभयो ।

उपप्रमुख ज्योती लामिछानेले सामाजिक परिचालन, संघ संस्थाको समन्वय गरेर बालमैत्री बनाउन बजेट व्यवस्थापन र कार्यक्रम तय गर्ने बताउनुभयो । आगामी २ वर्षभित्र बेनी नगरपालिकालाई बालमैत्री बनाउने रणनीति तयार पारी कार्यान्वयन गरिने उप्रमुख लामिछानेले बताउनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बालमैत्री स्थानीय शाषन कार्यक्रममा बजेट अभाव हुन नदिन समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, बाल क्लव र विद्यालयका प्रअ प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP