२०८२ बैशाख ५
April 18, 2025, Friday

बेनीमा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु

म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ ।
नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो ।

Advertisement

नगरपालिकाको नीति, बजेट र योजना निर्माणमा बालबालिकालाई सहभागी गराउने, पूर्वाधार योजना र कार्यक्रमलाई बालबालिकाको सहज पहँुच स्थापित गरेर बालमैत्री बनाउने तयारी थालिएको हो ।

Advertisement

अभिमुखीकरण कार्यक्रमपछि जनप्रतिनिधी र सहभागीहरुले बेनी नगरपालिकालाई बालमैत्री बनाउन कार्ययोजना तयार पारेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका परामर्शदाता रुपान्तरण नलेज हवका बिनोद शर्मा (धौलागिरि)ले बताउनुभयो ।

वडा, टोल र समुदाय स्तरमा तिब्रता र निरन्तरता दिने प्रतिवद्धता जनाउनु भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बालमैत्री स्थानीय शाषनका सबै सूचक पुरा गर्न स्रोत व्यवस्थापन र कार्यक्रम तथा नीति बनाउने बताउनुभयो ।

उपप्रमुख ज्योती लामिछानेले सामाजिक परिचालन, संघ संस्थाको समन्वय गरेर बालमैत्री बनाउन बजेट व्यवस्थापन र कार्यक्रम तय गर्ने बताउनुभयो । आगामी २ वर्षभित्र बेनी नगरपालिकालाई बालमैत्री बनाउने रणनीति तयार पारी कार्यान्वयन गरिने उप्रमुख लामिछानेले बताउनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बालमैत्री स्थानीय शाषन कार्यक्रममा बजेट अभाव हुन नदिन समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, बाल क्लव र विद्यालयका प्रअ प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८० चैत्र १९, सोमबार १६:०४

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८० चैत्र १९, सोमबार १६:०४

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८० चैत्र १९, सोमबार १६:०४

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP