पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ । आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो । मस्यौदामा सरोकारवालाहरुको सुझाव संकलन गर्नका लागि छलफल पनि भएको हो ।
पहिलो आवधिक योजनाको उपलब्धीको जगमा टेकेर दोस्रो अवाधिक योजनाको मस्यौदा बनाएको र सरोकारवालाको सुझावको आधारमा अन्तिम रुप दिइने परामर्शदाता कम्पनीका लीलाधर सुवेदीले जानकारी दिनुभयो । आर्थिक, पूर्वाधार, सामाजिक, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत शुसासनका क्षेत्रमा पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य र उपलब्धीलाई मुल्याङ्कन गरी अधुरा योजना तथा कार्यक्रमलाई पूर्णता दिन र नयाँ आवश्यकता सिर्जना भएका विषयलाई समावेश गरिएको छ ।
जलजला गाउँपालिकालाई कृषि क्षेत्रमा प्राथमिकता दिएर विकासका योजना तथा कार्यक्रम सञ्चालन गरिने मस्यौदामा उल्लेख छ । सामाजिक रुपान्तरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरि पहुँच विस्तार, वातावरणमैत्री र दिगो पूर्वाधार विकास, प्रविधीमैत्री, शुसासनयुक्त र पारदर्शी गाउँपालिकाको परिकल्पना गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विषय विज्ञहरुले प्रस्तुत गरेको मस्यौदाका विषयमा जनप्रतिनिधि, कर्मचारी, विषयगत समितिका सदस्यहरु, राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले सझुाव दिनुभएको थियो ।
सरोकारवालाको सुझावको आधारमा अवधारणापत्र र लक्ष्य निर्धारण गरि आवधीक योजनाको मस्यौदालाई परामर्शदाताले पूर्णता दिएपछि आर्थिक वर्ष २०८१÷८२ देखि २०८५÷०८६ सम्मका लागि लागु गरिने प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । आवधिक योजनामा तथ्य र विवरणहरुलाई वास्तविक बनाउन परामर्शदातालाई सुझाव दिएका जनप्रतिनिधीहरुले पालिकाको हरेक योजना र कार्यक्रममा सोही योजनालाई आधार मान्ने प्रतिवद्धता जनाएका छन् ।
म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...
धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...