२०८३ भाद्र २
August 18, 2026, Tuesday

जलजलाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार

पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ । आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो । मस्यौदामा सरोकारवालाहरुको सुझाव संकलन गर्नका लागि छलफल पनि भएको हो ।

Advertisement

पहिलो आवधिक योजनाको उपलब्धीको जगमा टेकेर दोस्रो अवाधिक योजनाको मस्यौदा बनाएको र सरोकारवालाको सुझावको आधारमा अन्तिम रुप दिइने परामर्शदाता कम्पनीका लीलाधर सुवेदीले जानकारी दिनुभयो । आर्थिक, पूर्वाधार, सामाजिक, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत शुसासनका क्षेत्रमा पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य र उपलब्धीलाई मुल्याङ्कन गरी अधुरा योजना तथा कार्यक्रमलाई पूर्णता दिन र नयाँ आवश्यकता सिर्जना भएका विषयलाई समावेश गरिएको छ ।

जलजला गाउँपालिकालाई कृषि क्षेत्रमा प्राथमिकता दिएर विकासका योजना तथा कार्यक्रम सञ्चालन गरिने मस्यौदामा उल्लेख छ । सामाजिक रुपान्तरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरि पहुँच विस्तार, वातावरणमैत्री र दिगो पूर्वाधार विकास, प्रविधीमैत्री, शुसासनयुक्त र पारदर्शी गाउँपालिकाको परिकल्पना गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विषय विज्ञहरुले प्रस्तुत गरेको मस्यौदाका विषयमा जनप्रतिनिधि, कर्मचारी, विषयगत समितिका सदस्यहरु, राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले सझुाव दिनुभएको थियो ।

सरोकारवालाको सुझावको आधारमा अवधारणापत्र र लक्ष्य निर्धारण गरि आवधीक योजनाको मस्यौदालाई परामर्शदाताले पूर्णता दिएपछि आर्थिक वर्ष २०८१÷८२ देखि २०८५÷०८६ सम्मका लागि लागु गरिने प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । आवधिक योजनामा तथ्य र विवरणहरुलाई वास्तविक बनाउन परामर्शदातालाई सुझाव दिएका जनप्रतिनिधीहरुले पालिकाको हरेक योजना र कार्यक्रममा सोही योजनालाई आधार मान्ने प्रतिवद्धता जनाएका छन् ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP