२०८३ श्रावण ९
July 25, 2026, Saturday

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ ।

Advertisement

शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले आफ्नो घर नजिकै पाएका हुन् ।

धवलागिरी गाउँपालिका–६ मराङमा सोमबार भएको घुम्ति शिविर मार्फत ६ जना पुरुष र ४ जना महिलालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

२ वटा (क), ३ वटा (ख), ४ वटा (ग) र १ वटा (घ) बर्गको अपाङ्ग परिचयपत्र वितरण गर्नुका साथै २१ जनाको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनुभयो । यसैगरी १४ थान एल स्टिक, २ थान ह्वाइट केन, १ थान कम्बोट चियर र १ थान बैशाखी वितरण गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, बेनी अस्पतालका चिकित्सक डा. रोशन आचार्य र वडा अध्यक्ष राजाराम सुवेदीले परिचयपत्र र सहायता सामग्री वितरण गर्नुभएको थियो ।

अन्य वडामा पनि घुम्ति शिवर मार्फत अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरिने उपाध्यक्ष पुनले बताउनुभयो । अपाङ्गता भएकाहरुबाट माग संकलन गरेर आवश्यक सहायता सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP