२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

जनकल्याण मावि अक्षयकोषको पाँचौँ साधारणसभा तथा छैटौं स्थापना दिवस

जनकल्याण मावि अक्षयकोषको पाँचौँ वार्षिक साधारणसभा तथा छैटौं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको साधारण सभासहित स्थापना दिवस मनाइएको हो ।

Advertisement

साधारणसभा र स्थापना दिवसको अवसरमा जनकल्याण मावि अक्षयकोषद्वारा प्रकाशित बुलेटिनको विमोचन गर्नुका साथै जनकल्याण मावि अक्षयकोषमा आर्थिक सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई अक्षयकोषको पूर्ण, विशिष्ट र आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको छ । यसैगरी जनकल्याण मावि अक्षयकोषबाट व्याजस्वरुप प्राप्त रकममध्ये नगद एकलाख रुपैयाँको चेक जनकल्याण माविलाई हस्तान्तरण गरिएको थियो ।

Advertisement

साधारणसभामा अक्षयकोषका सचिव एवं जनकल्याण माविका प्रधानाध्यापक कमलप्रसाद पौडेलले प्रगति, कोषाध्यक्ष तथा जनकल्याण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठले आर्थिक र लेखा समिति संयोजक टंकनाथ शर्माले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभा तथा स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जनकल्याण मावि अक्षयकोषको स्थापना, वृद्धि तथा विद्यालयको शैक्षिक क्षेत्रको विकासमा समुदायको भूमिका महत्वपूर्ण रहेकोमा प्रशंसा गर्नुभयो ।

उहाँले जनकल्याण माविमा सभाहलसहित अन्य भौतिक संरचना निर्माणको लागि आफूलाई लागत स्टिमेटसहितको सिफारिसपत्र पठाउन सुझाव दिँदै गरिब, निमुखा र विपन्न समुदायका विद्यार्थीहरुको पठनपाठनमा आफूले आवश्यक सहयोग गर्ने बताउनुभयो । गलेश्वर–तिनमाने–पौलस्त्य हुँदै जगन्नाथ जाने सडक विस्तार तथा स्तरोन्नतिका लागि आफूले बहुवर्षे योजनाको पहल गरेको उहाँले जानकारी दिनुभयो ।

जनकल्याण मावि अक्षयकोषका संस्थापक अध्यक्ष रामप्रसाद सुवेदीले आफ्नो कार्यकालमा विद्यालयको चौतर्फी विकासका लागि शैक्षिक गुणस्तर वृद्धि तथा भौतिक संरचनाको निर्माण र अक्षयकोषको स्थापना गरेर कक्षा ११ र १२ सञ्चालन गरिएको बताउनुभयो । धनेश्वरी–ताराना स्मृति कोषका सदस्य एवं म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक रेखाकौशल रेग्मीले अक्षयकोषमा रकम वृद्धिसहित त्यसबाट आउने व्याज शैक्षिक उपलब्धि हासिल हुने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवीदत्त पौडेलको स्वागत र सहसचिव शान्ति शर्मा पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनकल्याण मावि शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले स्वागतसहित नृत्यहरु प्रस्तुत गरेका थिए । वि.सं. २०७५ साल चैत १९ गते आजैको दिन जनकल्याण माविमा अक्षयकोष स्थापना गरी कक्षा ११ र १२ सञ्चालन गर्ने योजना अगाडि बढाइएको थियो । अक्षयकोषमा हाल विभिन्न १ सय १६ जना सदस्यहरुबाट झण्डै ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP