२०८३ बैशाख १९
May 2, 2026, Saturday

बेनी बचतद्धारा शेयर सदस्यलाई सहकारी शिक्षा

म्याग्दीमा संचालित बेनी बचत बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीमा आवद्ध रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले सहकारी शिक्षा प्रदान वार्षिक कार्ययोजना अनुसार नै सेयर सदस्यलाई वित्तिय शिक्षा तथा तालिम प्रदान गरेको थियो ।

तालिममा सञ्चालक समिति तथा शिक्षा उपसमितिका सदस्य सतिश श्रेष्ठले सहकारीको अर्थ, शेयर सदस्यका काम, कर्तब्य र अधिकार, सहकारीको इतिहास तथा सेवा सुबिधा र प्रबन्धक सज्जन चौधरीलेसंस्थाको वित्तिय अवस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो । तालिमको उद्घाटन गदैं सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।


अध्यक्ष श्रेष्ठले सहकारीमार्फत वित्तिय कारोबार बाहेक सामाजिक एवम् मानवीय सेवामा समेत थुप्रै काम गरिएको बताउनुभयो । सहकारीको विकासका लागि सेयर सदस्यको साथ र सहयोग आवश्यकता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठको अध्यक्षता तथा सहकारीको सञ्चालक समिति सदस्य एवम् शिक्षा उपसमिति सदस्य तुलसीलता श्रेष्ठको स्वागत र प्रबन्धक सञ्जन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो । ०५८ सालमा स्थापना भएको सहकारीका ५० सेयर सदस्य, कर्मचारीको सहभागितामा तालिम प्रदान गरिएको थियो । सहकारीमा २ हजार ४ शेयर सदस्यहरु रहेका छन् ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० चैत्र २०, मंगलवार १६:३२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० चैत्र २०, मंगलवार १६:३२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० चैत्र २०, मंगलवार १६:३२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP