२०८१ फाल्गुन २९
March 13, 2025, Thursday

बेनी बचतद्धारा शेयर सदस्यलाई सहकारी शिक्षा

म्याग्दीमा संचालित बेनी बचत बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीमा आवद्ध रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले सहकारी शिक्षा प्रदान वार्षिक कार्ययोजना अनुसार नै सेयर सदस्यलाई वित्तिय शिक्षा तथा तालिम प्रदान गरेको थियो ।

तालिममा सञ्चालक समिति तथा शिक्षा उपसमितिका सदस्य सतिश श्रेष्ठले सहकारीको अर्थ, शेयर सदस्यका काम, कर्तब्य र अधिकार, सहकारीको इतिहास तथा सेवा सुबिधा र प्रबन्धक सज्जन चौधरीलेसंस्थाको वित्तिय अवस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो । तालिमको उद्घाटन गदैं सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।


अध्यक्ष श्रेष्ठले सहकारीमार्फत वित्तिय कारोबार बाहेक सामाजिक एवम् मानवीय सेवामा समेत थुप्रै काम गरिएको बताउनुभयो । सहकारीको विकासका लागि सेयर सदस्यको साथ र सहयोग आवश्यकता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठको अध्यक्षता तथा सहकारीको सञ्चालक समिति सदस्य एवम् शिक्षा उपसमिति सदस्य तुलसीलता श्रेष्ठको स्वागत र प्रबन्धक सञ्जन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो । ०५८ सालमा स्थापना भएको सहकारीका ५० सेयर सदस्य, कर्मचारीको सहभागितामा तालिम प्रदान गरिएको थियो । सहकारीमा २ हजार ४ शेयर सदस्यहरु रहेका छन् ।

Advertisement

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० चैत्र २०, मंगलवार १६:३२

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० चैत्र २०, मंगलवार १६:३२

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० चैत्र २०, मंगलवार १६:३२

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP