२०८३ श्रावण ९
July 25, 2026, Saturday

बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि महायज्ञ संचालन हुँदै

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

Advertisement


देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएको हो ।


बुधवार माटेवगर स्थित देवी भगवती मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरि धार्मिक महोत्वसको तयारी थालिएको जनकारी गराईएको हो ।
मन्दिर पुन निर्माण, मन्दिर स्थलमा वहुउद्देश्यीय सेवा भवन निर्माण समेत गर्ने गरि संचालन गरिने महायज्ञको मुख्य लक्ष्य भने एम्वुलेन्स खरिद गर्नु रहेको महायज्ञ मुल समारोह समितिका अध्यक्ष नविन अधिकारीले जानकारी दिनुभयो ।
महायज्ञ सफल बनाउनका लागि प्रचारप्रसार, आर्थिक व्यवस्थापन, कलश तथा कार्य व्यवस्थापन, दानदाता खोजी तथा निमन्त्रणा, अतिथि सत्कार, सचिवालय मञ्च व्यवस्थापन लगायतका उपसमितिहरु गठन गरि तयारी सुरु गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।


महायज्ञमा प्रखर पण्डित कपिलदेव भट्टले कथा प्रवचन गर्नुहुनेछ भने दैनिक पुजाअर्चना, पाठपारायण, तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट आकर्षक भजनकृतनका साथै सन्देशमुलक नाटकहरु समेत प्रस्तुत गरिनेछ ।

मंगला गाउँपालिका भित्रका आकस्मिक विरामीहरुलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनहरुको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै समयमा पनि सेवा उपलब्ध गराउने गरि एम्वुलेन्स खरिद गर्ने महान लक्ष्य लिएर श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ तथा धार्मिक महोत्वस संचालन गर्न लागिएको मुल समारोह समितिका सचिव थमलाल पौडेलले बताउनुभयो ।


पत्रकार सम्मेलनमा बोल्दै मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले पवित्र सामाजिक भावना लिएर आयोजना गर्न लागेको महायज्ञमा देश विदेशमा रहेका मंगला वासी तथा समग्र जिल्लावासीहरुको उपस्थिति रहने विश्वास गर्नुभयो । उहाँले महायज्ञ संचालनका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


कार्यक्रममा मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेल, स्थानीय चक्रलाल पाण्डे राजु, श्रीराम पौडल र देवी भगवती मन्दिर संरक्षण समितिकी अध्यक्ष शुशिला तिलिजाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उहाँले २०३५ सालमा हर्क वहादुर अधिकारीको सक्रियतामा स्थापना गरिएको देवी भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले प्रत्यक वर्षको चैतेदशै पर्वमा मन्दिरमा विशेष पुजाआजा गरिदै आएको बताउनुभयो ।


स्थानीय कलाकार, वासुरीवादक दिनेश पुनले महायज्ञमा आफु सहित ख्यातीप्राप्त भजन गायक तथा अन्य कलाकारहरुको तर्फबाट आकर्षक सांगीतिक प्रस्तुती प्रत्येक दिन रहने बताउनुभयो ।
वैशाख ८ गते महायज्ञको पहिलोदिन कलशयात्रा सहित भव्य रुपमा उद्घाटन गरिने र ९ गतेदेखि दैनिक कथा प्रवचन तथा पुजाअर्चनाका कार्यक्रम संचालन हुनेछ । पत्रकार सम्मेलन महायज्ञ मुल समारोह समितिका अध्यक्ष अधिकारीको अध्यक्षता र सचिव पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP