२०८३ असार २६
July 10, 2026, Friday

म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा पुनः बिजय श्रेष्ठ चयन

म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुन बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षमा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।
समितको उपाध्यक्षमा रामजी प्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध्रुवराज सुवेदी, सह सचिवमा दुर्गाराम सुवेदी, सह–कोषाध्यक्षमा राजु बानियाँ रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा माधवप्रसाद रेग्मी, लिलाराम गौतम, बालबहादुर महत, महेन्द्र खत्री, लोकराज सुवेदी, रामप्रसाद सुबेदी, शिव भट्टचन, शैलेष श्रेष्ठ र बमबहादुर बरुवाल चयन हुनुभएको निर्वाचन समितिका संयोजक याम बहादुर चोखालले जानकारी दिनुभयो । उहाँका अुनसार सहकारीको लेखा समितिको लेखा संयोजकमा शिव प्रसाद केसी र सदस्यमा बिष्णु प्रसाद गौतम रहुनुभएको छ ।

साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको अबस्थामा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर हुदै जाने भएकाले जिल्लामा रहेका संचारमाध्यमलाई बचाउनुपर्ने बताउनुभयो ।

उहाँले जिल्लामा संचालनमा रहेको एक मात्र रेडियो म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको विकासका लागि नगरपालिकाले सक्ने सहयोग गर्ने बताउनुभयो । उहाँले अब रेडियो पनि समय अनुरुप संचालन हुनुपर्नेमा जोड दिनुभयो । अहिले पनि पुरानो तरीकाले संचालन गर्ने हो भने यसलाई प्रभावकारी नहुने उहाँको भनाई थियो ।

संस्थाका संस्थापक अध्यक्ष बेनी नगरपालिकाका पूर्व मेयर हरिकुमार श्रेष्ठले जिल्लामा रहेका संचार माध्यमहरुको अबस्था कमजोर हुदै गएको बताउनुभयो । यस्ता संचार माध्यम बचाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघ महासचिव नारायण जिसी र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले हाल प्रविधिले फड्को मारिरहेकाले त्यस संग प्रतिस्पर्धा गर्न सक्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । प्रविधिको चुनौतिलाई सामना गर्दै नयाँ योजना र भिजनका साथ संस्थालाई अगाडि बढाउन आबश्यक रहेकको बताउनुभयो ।

उक्त सभामा म्याग्दीकाली एफ.एमका पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान गरिएको छ । रेडियोमा रहेर रेडियोको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्व स्टेशन म्यानेजर विक्री बोगटी, प्रकाश पौडेल र दलप्रसाद विस्वकर्मा (अमित)लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

रेडियोमा रहेर उत्कृष्ट काम गरेको भन्दै प्राविधिक प्रमुख मनु थापालाई समेत सम्मान गरिएको थियो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति र कोषाध्यक्ष राजु बानीयाँले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई छलफल र सुझाव सहित ५३४ जना शेयर सदस्य रहेको सहकारीको ३ करोड ४ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको छ ।

केबल र एफ.एफ संचालन गरेको संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा १८ लाख १८ लाख ६५ हजार ९६५ आम्दानी गरेको छ । भने खर्च तर्फ २७ लाख २१ हजार, ४८७ रुर्पयाँ खर्च भएको कोषाअध्यक्ष बानियाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आफ्नै भवनबाट कार्यालय संचालन गरिरेहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षता, रामजी प्रसाद सुबेदीको स्वागत, सचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP