२०८१ माघ ४
January 17, 2025, Friday

म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा पुनः बिजय श्रेष्ठ चयन

म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुन बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षमा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।
समितको उपाध्यक्षमा रामजी प्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध्रुवराज सुवेदी, सह सचिवमा दुर्गाराम सुवेदी, सह–कोषाध्यक्षमा राजु बानियाँ रहनुभएको छ ।

Advertisement

त्यस्तै सदस्यहरुमा माधवप्रसाद रेग्मी, लिलाराम गौतम, बालबहादुर महत, महेन्द्र खत्री, लोकराज सुवेदी, रामप्रसाद सुबेदी, शिव भट्टचन, शैलेष श्रेष्ठ र बमबहादुर बरुवाल चयन हुनुभएको निर्वाचन समितिका संयोजक याम बहादुर चोखालले जानकारी दिनुभयो । उहाँका अुनसार सहकारीको लेखा समितिको लेखा संयोजकमा शिव प्रसाद केसी र सदस्यमा बिष्णु प्रसाद गौतम रहुनुभएको छ ।

साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको अबस्थामा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर हुदै जाने भएकाले जिल्लामा रहेका संचारमाध्यमलाई बचाउनुपर्ने बताउनुभयो ।

उहाँले जिल्लामा संचालनमा रहेको एक मात्र रेडियो म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको विकासका लागि नगरपालिकाले सक्ने सहयोग गर्ने बताउनुभयो । उहाँले अब रेडियो पनि समय अनुरुप संचालन हुनुपर्नेमा जोड दिनुभयो । अहिले पनि पुरानो तरीकाले संचालन गर्ने हो भने यसलाई प्रभावकारी नहुने उहाँको भनाई थियो ।

संस्थाका संस्थापक अध्यक्ष बेनी नगरपालिकाका पूर्व मेयर हरिकुमार श्रेष्ठले जिल्लामा रहेका संचार माध्यमहरुको अबस्था कमजोर हुदै गएको बताउनुभयो । यस्ता संचार माध्यम बचाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघ महासचिव नारायण जिसी र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले हाल प्रविधिले फड्को मारिरहेकाले त्यस संग प्रतिस्पर्धा गर्न सक्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । प्रविधिको चुनौतिलाई सामना गर्दै नयाँ योजना र भिजनका साथ संस्थालाई अगाडि बढाउन आबश्यक रहेकको बताउनुभयो ।

उक्त सभामा म्याग्दीकाली एफ.एमका पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान गरिएको छ । रेडियोमा रहेर रेडियोको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्व स्टेशन म्यानेजर विक्री बोगटी, प्रकाश पौडेल र दलप्रसाद विस्वकर्मा (अमित)लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

रेडियोमा रहेर उत्कृष्ट काम गरेको भन्दै प्राविधिक प्रमुख मनु थापालाई समेत सम्मान गरिएको थियो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति र कोषाध्यक्ष राजु बानीयाँले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई छलफल र सुझाव सहित ५३४ जना शेयर सदस्य रहेको सहकारीको ३ करोड ४ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको छ ।

केबल र एफ.एफ संचालन गरेको संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा १८ लाख १८ लाख ६५ हजार ९६५ आम्दानी गरेको छ । भने खर्च तर्फ २७ लाख २१ हजार, ४८७ रुर्पयाँ खर्च भएको कोषाअध्यक्ष बानियाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आफ्नै भवनबाट कार्यालय संचालन गरिरेहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षता, रामजी प्रसाद सुबेदीको स्वागत, सचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८० चैत्र २४, शनिबार १३:३३

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८० चैत्र २४, शनिबार १३:३३

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८० चैत्र २४, शनिबार १३:३३

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP