Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

म्याग्दी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ चयन

म्याग्दी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ । कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो ।
समितिको सञ्चालक सदस्यहरुमा तारा भण्डारी, नारायण थापा, श्रीप्रसाद पुन, चन्द्रबहादुर क्षेत्री, राम्जी थापा, जानबहादुर केसी, सर्वसम्वत रुपमा निर्वाचित भएको कम्पनीका कार्यलय प्रमुख देबेन्द्र पोडेलले जानकारी दिनुभयो ।

Advertisement

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिका मेयर सुरज केसीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको ब्यवहार सुधार आवश्यक रहेको बताउदै व्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायि छ भन्ने बिश्वास दिलाउनसक्नु पर्ने ब्यक्त गर्नुभयो ।

Advertisement

निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत अधिबक्ता प्रकाश सुबेदीले सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा तत्कालिन म्याग्दी यातायात व्यवसायी समितिका पूर्व अध्यक्षहरु राजकुमार श्रेष्ठ, गोपाल भट्टचन, जयबहादुर अधिकारी, व्यवसायीको तर्फबाट सेरबहादुर गुरुङ प्रेम श्रीस लगायतले पछिल्लो समय निजी सवारीसाधनले यात्रु बोक्दा समस्या भएको बताउनुभयो ।

निजी प्रयोजनका लागि प्रयोग गर्नुपर्ने सवारीसाधनले यात्रु बोक्दा यातायात ब्यवसायी पलायनको जोखिम रहेको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गराएका थिए । प्रालीका सञ्चालक सदस्य चन्द्रबहादुर क्षेत्रीको स्वागत र सुमन श्रेष्ठको सञ्चलन कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!