२०८३ श्रावण ७
July 23, 2026, Thursday

सुनका गहना लुट्न दम्पत्तीको हत्या, पर्वत प्रहरीले सार्वजनिक गर्यो अभियुक्त

बैदेशिक रोजगारीमा गएको ऋण तिर्न र घरखर्च चलाउने पैसाको अभाव भएपछि दुई यूवाले एक दम्पतीको हत्या गरेको खुलेको छ । पर्वतको जलजला गाउँपालिका–२,मल्लाजमा दहमा चैत १९ राती कृष्णबहादुर विश्वकर्मा र दिपक दर्जीले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसीलाई ‘गरगहना र पैसा लुटपाट’ गर्ने उद्देश्यले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

Advertisement

हत्यामा संलग्न जलजला गापा–२ नेपानेका ३२ बर्षिय कृष्ण र कुस्मा नगरपालिका–२,खुर्कोटका दिपकलाई पर्वत प्रहरीले बिहिबार आयोजित पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अभियुक्तद्धय विश्वकर्मा र दर्जीले घटनाको अघिल्लो दिन दिउँसो ४ बजेतिर मृतकको घरमा पुगेर करिब आधा घण्टा कुराकानी गरी चुरोट खरिद गरी मृतकले लगाएको गरगहना, घरको अवस्था, आउने–जाने बाटो लगायतका बारेमा रेक्की समेत गरेको अनुसन्धानबाट खुलेको छ।

अभियुक्त कृष्णसँग परिचित बृद्ध सूर्यबहादुरले ढोका खोलेपछि धारिलो हतियारले आक्रमण गरेका थिए । अभियुक्तले सूर्यबहादुरको टाउकोमा प्रहार गरेपछि भित्र प्रवेश गरी दिपकले गमलाको टाउको, घाँटी र शरीरमा लगातार प्रहार गरेका थिए। घटना अगाडी घरमाथिको मोटरबाटोमा आएर मृतक दम्पत्ती सुते नसुतेको अवस्थाको एकिन गरी अभियुक्त कृष्णले पसल बाहिरको बिजुलीको बल्ब निकाली नजिकै फालेको समेत पाइएको छ । पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले अभियुक्तबाट थप प्रमाणहरु संकलन भइरहेको बताए ।

उनले २५ दिनसम्म हिरासतमा राखेर थप तथ्य र प्रमाणहरु समेत खोज्ने बताए । गरिबी र पारिवारिक बिचलनमा परेका र कुलतमा फसेका अभियुक्तले योजनाबद्ध तरिकाले हत्या गरेपछि भागेको ठाउँ, गरगहना बिक्री गर्दाको सिसीटिभी फुटेजहरुबाट समेत पुष्टी भएको प्रनाउ भुषाललको भनाई छ

घटना लगत्तै नगद, गरगहनासँगै रिचार्ज कार्डहरु समेत लुटेर लगेका थिए ।लुटपाट गर्ने, अन्य सम्पत्ति खोजीका लागि बाकस तोडफोड गरेका थिए।दम्पत्तीको हत्या गरेपछि अभियुक्तद्धय पैदलमार्ग हुदै राती मालढुंगाबाट सवारीसाधन चढेर पोखराको बागलुङ बसपार्क पुगेका थिए ।

मृतकको शरीरबाट निकालिएको गरगहना पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ६० बर्षिय कर्णबहादुर विकलाई सुन गाल्न लगाई बागलुङ बजारमा रहेको पूर्णिमा सुनचाँदी पसलका ४९ बर्षिय परसुराम बिकलाई बिक्री गरी पैसा बाँडेर आफ्नो बाटो लागेका थिए । लुटपाटको क्रममा आफ्नो परिचय खुल्ने भएपछि कृष्ण र दिपकले दम्पत्तीको विभत्स हत्या गरेको स्वीकार गरेका छन् ।

अभियुक्तद्धयको ४ बर्ष अगाडी चिनजान भएको थियो । बैदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिर्नका लागि दिपकले मदिरा सेवनको क्रमा अपराधिक योजना बनाएर कृष्णलाई समेत सुनाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । अभियुक्तद्धय विश्वकर्मा र दर्जी लागुपदार्थ सेवनकर्ता रहेकोमा दर्जी ६ महिनासम्म बागलुङकाृ नबजीवन सुधार गृहमा बसेर निस्किएको समेत प्रहरीले जनाएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP