२०८३ असार २६
July 10, 2026, Friday

जेठ १४ गतेदेखि म्याग्दीमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने

म्याग्दीमा सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबल हुने भएको छ । नेकपा एमाले निकट यूवा संगठन राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १४ गतेदेखि हुने प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ,उपविजेतालाई एक लाख २० हजार रुपैयाँ, तृतिय ५० हजार, सान्त्वना २५ हजार रहेको प्रदान गर्ने संघमा सचिव सुसन किसानले बताए ।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ प्रथम हुनेलाई ८० हजार, द्धितिय ४० हजार, तृतिय २० हजार, सान्त् १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा दर्ता शुल्क पुरुषतर्फ ८ हजार, र महिलातर्फ ४ हजार कायम गरिएको छ । राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीका अध्यक्ष विजय घर्तीमगरले यूवालाई राजनीतिसँगै खेलकुदमा समेत जोड्ने गरी प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिताको खेल संयोजक सौगात गुरुङलाई तोकिएको छ भने आर्थिक संकलन, पत्रचार तथा विभिन्न तयारी सुरु भएको आयोजकले जनाएको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP