२०८३ भाद्र २
August 18, 2026, Tuesday

ज्यामरुककोटमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम शुरु

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर कार्यक्रम शुरु भएको छ । कार्यक्रमको शनिबार भकुण्डे स्थित वडा कार्यालयमा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो। कार्यक्रम मार्फत बेनी नगरपालिकाको वडा नम्बर २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधीहरुलाई साबुन बनाउने र केराको थामबाट धागो बनाउने तालिम दिइने वडा अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

Advertisement

१ हप्तासम्म सञ्चालन हुने तालिममा ५० जनाको सहभागिता रहेको छ । आमा समूहलाई परिचालन गरेर महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख लामिछानेले बताउनुभयो ।

“समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन खोजिएको छ,” उहाँले भन्नुभयो “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने हुनेछन् ।”

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रु। २० लाख बिनियोजन भएको कार्यक्रमका लागि नगरपालिकाले वडा नम्बर २ र १० लाई छनौट गरेको छ ।

वडा नम्बर १० पात्लेखेतमा २० जनाका लागि एक महिने बाजा बजाउने तालिम सञ्चालन गरिएको नगरपालिकाका योजना अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । पात्लेखेतका महिलाहरुलाई कुटानी, पिसानी मिल पनि उपलब्ध गराउने कार्यक्रम रहेको छ । गत बर्ष बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन गरेका थिए । वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुले चप्पल बनाउने सिप सिकेका थिए । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो ।

तालिममा सहभागिलाई व्यवसाय गर्न कच्चा पदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताउनुभयो । प्रदेश सरकारको सहयोगमा बेनी बजार नजिकै हाडेभिरमा रहेको साझा सुविधा केन्द्रलाई पुन सञ्चालन गर्न लागिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो।

बेनी नगरपालिकाको वडा नम्बर २ का आमा समूहहरुको सञ्जालका सदस्य तुलसी सापकोटाले सञ्चालन गर्नुभएको भकुण्डेको तालिम उद्घाटन कार्यक्रममा पुर्व वडा अध्यक्ष हिराबहादुर थापा, सञ्जालका सल्लाहकार उषा घर्ति घिमिरे, राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्माले मन्तब्य र सचिव गिता शर्माले स्वागत गर्नुभएको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP