२०८३ भाद्र २
August 18, 2026, Tuesday

घतानमा सार्वजनिक सुनुवाइ

 म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा भएका विकास, निर्माण तथा सेवा प्रवाहको वार्षिक समिक्षा समिक्षा सहित सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।  शनिबार घतान वडा कार्यालय स्थित सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष चक्र बहादुर केसी र वडा सचिव कृष्णबहादुर बानियाँले चालु आवको हालसम्म सम्पन्न भएका विकास ,निर्माण तथा योजनाको प्रगति र सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो ।

Advertisement

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष केसीले चालु आवमा प्रदेश र संघका योजना तथा मध्ये वडाबाट सञ्चालित बालमैत्री लक्षित कार्यक्रम बाहेक सबै ४२ वटा योजना तथा कार्यक्रमहरु सम्पन्न भएर अन्तिम किस्ता भुक्तानी समेत भएको र बाँकी भुक्तानीको चरणमा रहेको बताउनुभयो । बाँकी कार्यक्रम समेत जेठ मसान्त सम्म सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताउनुभयो । बेनी नगरपालिकामा भएका वडाहरुमा सबैभन्दा छिटो योजना सम्पन्न गरेको दावी गर्नुभयो । सार्वजनिक सुनुवाइमा सहभागी निवर्तमान वडा अध्यक्ष बेलबहादुर चोखाल,कांग्रेसका यामबहादुर खत्री,एमालेका चिरञ्जीवि सुवेदी ,राप्रपाका डेकबहादुर चोखाल,बुद्धिबहादुर चोखाल,विपिन चोखाल ,मनबहादुर खड्का ,विनोद विश्वकर्मा ,प्रेमबहादुर चोखाल ,बमबहादुर पुन लगायतले सार्वजनिक जग्गा अतिक्रमण, वडाले कृषि क्षेत्रमा विनियोजन गरेको बजेट कम भएको, अनुदान वितरण प्रभावकारी नभएको, उपभोक्ता समितिले गर्ने काममा प्रभावकारी अनुगमन नभएको, सडक निर्माण गर्दा मापदण्ड सबैलाई एकरुपले लागु नभएको, बजार क्षेत्रमा बिस्तार हुँदै गएको क्षेत्रको सरसफाईमा ध्यान नदिएको, टोल विकास समित गठन गर्दा एकलौटी गरेको जस्ता गुनासो गरेका थिए ।सहभागीहरुले उठाएका प्रश्नहरुको उत्तर दिँदै वडा अध्यक्ष केसीले वडाबाट सञ्चालित विकास योजना र कार्यक्रमलाई प्रभावकारी बनाउन टोल विकास समिति गठन गरेर परिचालन गरेको, वडा तहबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनप्रतिनिधिहरु साप्ताहिक रुपमा कार्यतालिका नै बनाएर वडा बस्ने व्यवस्था मिलाएको, सामाजिका सुरक्षा भत्ता वितरणमा सहजिकरण गरेको बताउनुभयो ।

अध्यक्ष केसीले वडामा भएका सुशासन, शिक्षा, कृषि, पशु, स्वास्थ्य, खानेपानी, विद्युत, पोखरी ,मठमन्दिर, युवा तथा खेलकुद, रोजगार, पर्यटन, महिला, विपद्, सिँचाइ, सडक, गोरेटोवाटो संगै आगामी बजेट,योजना र कार्यक्रमको बिषयमा जानकारी गराउनुभएको थियो । यसैगरी वडाले ऐतिहासिक महत्व बोकेका कुवा ,पोखरी ,ढुङ्गेधारा,मठमन्दिर र चौतारी संरक्षण गरेको वडा अध्यक्ष केसीले बताउनुभयो । आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि दिर्घाकालिन तथा प्रभावकारी खालका योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय टोल विकास समितिको समन्वयमा नै उपभोक्ता गठन गरेर वडामा पठाउने गरेको जानकारी गराउँदै जनप्रतिनिधिले कुनै पनि उपभोक्ता समिति गठन गर्दा हस्तक्षेप नगरेको वडा अध्यक्षले केसीको भनाइ थियो । यसैगरी नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले कार्यक्रममा उठेका सवालहरुका जवाफ दिंदै आगामी आर्थिक वर्षका लागि टुक्रे योजनालाई भन्दा दिर्घकालिन योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी वडाले आमा समुह,उपभोक्ता ससमिति सहित उत्कृष्ट चार वटा संस्थालाई सम्मान गरेको छ । वडाले गलेश्वर आमा समुह ,भगवती विउविजन कृषि समुह,जर्मुने सिँचाई उपभोक्ता समिति र ढोलथान टोल विकास संस्थालाई  सम्मान गरिएको हाे । प्रशासकीय अधिकृत थापा, वडा अध्यक्ष केसी लगायतले सम्मानपत्रले सम्मान गर्नुभयाे । वडा सचिव बानियाँले चालु आर्थिक वर्षमा वडाले १३ लाख ३१ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिनुभयो । हालसम्म वडामा १७९ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । भने मेलमिलाप केन्द्रमा पाँच वटा निवेदन परेको र सबै वडा स्तरमा मेलमिलाप गरिएको छ । वडा सदस्य गणेश शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पत्रकारद्धय राकेश शर्मा र साधन राम्जालीले कार्यक्रमको सहजीकरण गर्नुर्भएको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP