२०८३ भाद्र २
August 18, 2026, Tuesday

चालीस लाख लागतमा म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो ।

Advertisement

चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताए। “व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ”, उनले भने।

खेलाडीलाई फुर्सदको समयमा ब्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको रु १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताए।

गाउँपालिकाबाट विनियोजित रु ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताए। बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको रु पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ ।

क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिए।

खेलमैदानको भूमे पूजाका अवसरमा एकता युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गरेका थिए । कार्यक्रममा क्लबले जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP