२०८३ बैशाख २२
May 5, 2026, Tuesday

बेनीका मेलमिलापकर्तालाई आधारभूत तालिम

म्याग्दीको बेनी नगरपालिकाले मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरेको छ ।

Advertisement

टोल, समुदाय स्तरमा विवाद निरुपणमा खटिने मेलमिलापकर्ताहरुका लागि जेठ १३ गतेदेखि शुरु भएको आधारभूत तालिम आइतबार सम्पन्न भएको हो । तालिममा नगरपालिकाको १० वटै वडाका ३२ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको बेनी नगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक प्रभा शर्माले बताउनुभयो ।  

Advertisement

तालिमको समापन कार्यक्रममा म्याग्दी जिल्ला अदालतका न्यायाधिश प्रकाश प्रसाद पण्डीतले मेलमिलापकर्ताहरुले कसैको पक्ष नलिई विकल्पहरुमा विवादको पक्ष र विपक्षलाई छलफल गराई मेलमिलाप हुने भूमिका खेल्नुपर्ने बताउनुभयो ।

तटस्थ भूमिका निर्वाह गर्न, नायायज इच्छा नराख्न आग्रह गर्नुभयो । गाउँघरमै बिवादको निरुपण हुँदा अदालतमा मुद्दाको चाप घट्ने, नागरिकलाई समय र खर्चको बचत हुने न्यायाधिश पण्डितको भनाई थियो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापनाका लागि गत वर्षनै सामग्री व्यवस्थापन भएको र यसपाली मेलमिलापकर्ता सूचिकरण गरेर वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्न लागेको बताउनुभयो ।

तालिममा सहभागि मेलमिलापकर्ताहरुलाई सूचिकृत गरेर वडा स्तरमा विवाद निरुपणका लागि परिचालन गर्ने तयारी भएको उपप्रमुख लामिछानेले बताउनुभयो । तालिमका प्रमुख प्रशिक्षक हरिप्रसाद पण्डितलाई सहभागीले सम्मान र बिदाई गरेका थिए ।

तालिममा सहभागी लिलाराम गौतम र सिता कार्की बानियाले तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञान सिप परिचालन गरेर समाजमा विवाद निरुपणको भूमिका खेल्ने बताउनुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ जेष्ठ २०, आईतवार १३:१४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ जेष्ठ २०, आईतवार १३:१४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ जेष्ठ २०, आईतवार १३:१४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP