Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

बेनीका मेलमिलापकर्तालाई आधारभूत तालिम

म्याग्दीको बेनी नगरपालिकाले मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरेको छ ।

Advertisement

टोल, समुदाय स्तरमा विवाद निरुपणमा खटिने मेलमिलापकर्ताहरुका लागि जेठ १३ गतेदेखि शुरु भएको आधारभूत तालिम आइतबार सम्पन्न भएको हो । तालिममा नगरपालिकाको १० वटै वडाका ३२ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको बेनी नगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक प्रभा शर्माले बताउनुभयो ।  

Advertisement

तालिमको समापन कार्यक्रममा म्याग्दी जिल्ला अदालतका न्यायाधिश प्रकाश प्रसाद पण्डीतले मेलमिलापकर्ताहरुले कसैको पक्ष नलिई विकल्पहरुमा विवादको पक्ष र विपक्षलाई छलफल गराई मेलमिलाप हुने भूमिका खेल्नुपर्ने बताउनुभयो ।

तटस्थ भूमिका निर्वाह गर्न, नायायज इच्छा नराख्न आग्रह गर्नुभयो । गाउँघरमै बिवादको निरुपण हुँदा अदालतमा मुद्दाको चाप घट्ने, नागरिकलाई समय र खर्चको बचत हुने न्यायाधिश पण्डितको भनाई थियो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापनाका लागि गत वर्षनै सामग्री व्यवस्थापन भएको र यसपाली मेलमिलापकर्ता सूचिकरण गरेर वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्न लागेको बताउनुभयो ।

तालिममा सहभागि मेलमिलापकर्ताहरुलाई सूचिकृत गरेर वडा स्तरमा विवाद निरुपणका लागि परिचालन गर्ने तयारी भएको उपप्रमुख लामिछानेले बताउनुभयो । तालिमका प्रमुख प्रशिक्षक हरिप्रसाद पण्डितलाई सहभागीले सम्मान र बिदाई गरेका थिए ।

तालिममा सहभागी लिलाराम गौतम र सिता कार्की बानियाले तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञान सिप परिचालन गरेर समाजमा विवाद निरुपणको भूमिका खेल्ने बताउनुभयो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!