२०८३ श्रावण ८
July 24, 2026, Friday

घतानमा नसर्ने रोगको बृहत स्क्रिनिङ क्याम्प

– स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना, बेनी नगरपालिका र बेनी अस्पताल म्याग्दीको समन्वयमा नसर्ने रोगहरुको बृहत स्क्रिनिङ क्याम्प सुरु भएको छ । म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित नेप्टेचौरमा ४० वर्षदेखि माथिका नागरिकहरुलाई लक्षित गरेर सोमबारदेखि स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको हो ।

Advertisement

स्क्रिनिङ क्याम्पमा महिला २ सय १६ र पुरुष १ सय २९ जना गरी कुल ३ सय ४५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै नमुना सङ्कलन भएको छ । दुई दिनसम्म चल्ने स्क्रिनिङ क्याम्पमा सुगर, प्रेसर, रगत, पिसाब, खकारलगायत नसर्ने रोगको परीक्षण गरिने आयोजकले जनाएका छन् । ग्रामीण भेगका नागरिकहरुलाई गाउँघरमै नसर्ने रोगको उपचार सेवा तथा विभिन्न प्रकृतिका रोगहरुको बारेमा सचेतना फैलाउने उद्देश्यले क्याम्प सञ्चालन गरिएको हो ।

स्क्रिनिङ क्याम्पको बिरामीलाई नामदर्ताको पूर्जा दिएर उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नसर्ने रोग विरुद्धको अभियानलाई प्रदेशभित्र समुदायस्तरमा पु¥याइने बताउनुभयो । उहाँले प्रदेश सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै प्रदेशमार्फत अत्याधुनिक मेसिनको सहायताले प्रदेश अन्तर्गत विभिन्न जिल्लाको दुरदराजमा पुगेर नसर्ने रोगको शिविरहरु चलाइएको बताउनुभयो ।

स्वास्थ्य मन्त्री पाठकले अहिले अल्पविकसित र विकासोन्मुख देशहरुमा नसर्ने रोगको प्रभाव बढिरहेको बताउँदै विश्वमा नसर्ने रोगबाट मात्रै ७४ प्रतिशत र नेपालमा ७१ प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको बताउनुभयो । उहाँले नसर्ने रोगबाट बच्नको लागि समुदायस्तरमा पुगेर आम मानिसहरुलाई लक्षित गरी स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको बताउनुभयो । आफू प्रदेशको स्वास्थ्य मन्त्री भएर पदभारग्रहण गर्ने क्रममा नसर्ने रोगको अभियान समुदायस्तरमा पु¥याउने निर्णय गरेको बताउँदै उहाँले सोहीअनुसार स्वास्थ्य सम्बन्धी अभियानहरु चलाइएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकामार्फत हरेक महिनाको १५ गते प्रत्येक स्वास्थ्यचौकीमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प चलाइएको बताउनुभयो । उहाँले महिनाको एकपटक ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरु परिचालन गरेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने गरिएको बताउँदै गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. रोशन ढकालले मन्तव्य व्यक्त गर्दै नसर्ने रोगबाट बच्नको लागि समयमै स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभयो ।

घतानस्थित नेप्टेचौरको राष्ट्रिय माविमा सञ्चालित स्क्रिनिङ क्याम्पको औपचारिक कार्यक्रम बेनी नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष चक्रबहादुर केसीको अध्यक्षता, बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेको स्वागत र सिनियर अनमी लिलाकुमारी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

शिविरमा साविक घतान गाविसको सबै वडा र छिमेकी पुलाचौर तथा पात्लेखेतबाट समेत सेवाग्राहीहरु आएका छन् । स्क्रिनिङ शिविरमा प्रदेशको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला, बेनी अस्पताल, बेनी नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्यादीबाट गरी कुल ३५ जना स्वास्थ्यकर्मीहरुको टोलीले सेवाग्राहीको स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श सेवा उपलब्ध गराएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP