Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

घतानमा नसर्ने रोगको बृहत स्क्रिनिङ क्याम्प

– स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना, बेनी नगरपालिका र बेनी अस्पताल म्याग्दीको समन्वयमा नसर्ने रोगहरुको बृहत स्क्रिनिङ क्याम्प सुरु भएको छ । म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित नेप्टेचौरमा ४० वर्षदेखि माथिका नागरिकहरुलाई लक्षित गरेर सोमबारदेखि स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको हो ।

Advertisement

स्क्रिनिङ क्याम्पमा महिला २ सय १६ र पुरुष १ सय २९ जना गरी कुल ३ सय ४५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै नमुना सङ्कलन भएको छ । दुई दिनसम्म चल्ने स्क्रिनिङ क्याम्पमा सुगर, प्रेसर, रगत, पिसाब, खकारलगायत नसर्ने रोगको परीक्षण गरिने आयोजकले जनाएका छन् । ग्रामीण भेगका नागरिकहरुलाई गाउँघरमै नसर्ने रोगको उपचार सेवा तथा विभिन्न प्रकृतिका रोगहरुको बारेमा सचेतना फैलाउने उद्देश्यले क्याम्प सञ्चालन गरिएको हो ।

Advertisement

स्क्रिनिङ क्याम्पको बिरामीलाई नामदर्ताको पूर्जा दिएर उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नसर्ने रोग विरुद्धको अभियानलाई प्रदेशभित्र समुदायस्तरमा पु¥याइने बताउनुभयो । उहाँले प्रदेश सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै प्रदेशमार्फत अत्याधुनिक मेसिनको सहायताले प्रदेश अन्तर्गत विभिन्न जिल्लाको दुरदराजमा पुगेर नसर्ने रोगको शिविरहरु चलाइएको बताउनुभयो ।

स्वास्थ्य मन्त्री पाठकले अहिले अल्पविकसित र विकासोन्मुख देशहरुमा नसर्ने रोगको प्रभाव बढिरहेको बताउँदै विश्वमा नसर्ने रोगबाट मात्रै ७४ प्रतिशत र नेपालमा ७१ प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको बताउनुभयो । उहाँले नसर्ने रोगबाट बच्नको लागि समुदायस्तरमा पुगेर आम मानिसहरुलाई लक्षित गरी स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको बताउनुभयो । आफू प्रदेशको स्वास्थ्य मन्त्री भएर पदभारग्रहण गर्ने क्रममा नसर्ने रोगको अभियान समुदायस्तरमा पु¥याउने निर्णय गरेको बताउँदै उहाँले सोहीअनुसार स्वास्थ्य सम्बन्धी अभियानहरु चलाइएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकामार्फत हरेक महिनाको १५ गते प्रत्येक स्वास्थ्यचौकीमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प चलाइएको बताउनुभयो । उहाँले महिनाको एकपटक ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरु परिचालन गरेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने गरिएको बताउँदै गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. रोशन ढकालले मन्तव्य व्यक्त गर्दै नसर्ने रोगबाट बच्नको लागि समयमै स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभयो ।

घतानस्थित नेप्टेचौरको राष्ट्रिय माविमा सञ्चालित स्क्रिनिङ क्याम्पको औपचारिक कार्यक्रम बेनी नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष चक्रबहादुर केसीको अध्यक्षता, बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेको स्वागत र सिनियर अनमी लिलाकुमारी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

शिविरमा साविक घतान गाविसको सबै वडा र छिमेकी पुलाचौर तथा पात्लेखेतबाट समेत सेवाग्राहीहरु आएका छन् । स्क्रिनिङ शिविरमा प्रदेशको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला, बेनी अस्पताल, बेनी नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्यादीबाट गरी कुल ३५ जना स्वास्थ्यकर्मीहरुको टोलीले सेवाग्राहीको स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श सेवा उपलब्ध गराएको छ ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!