२०८३ श्रावण ८
July 24, 2026, Friday

निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी चयन

नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको नवौ जिल्ला अधिवेशनबाट सुवेदीको नेतृत्वमा पदेन सदस्य सहित २५ जना नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रदिप गौतम,उपाध्यक्ष महिला बिस्णुमाया कुवर, उपाध्यक्ष समाबेशि प्रेमचन्द प्रकाश जैसवाल, सचिवमा कमल शर्मा मरासिनी, सचिवमा तारा बानिया (जगत), कोषाध्यक्षमा गणेश पौडेल चयन हुनुभएको छ ।

Advertisement

त्यस्तै पदेन सदस्य डेकमाया केसी बेनी नगरपालिका, प्रकाश घर्ती क्षेत्री अन्नपूर्ण, विर बहादुर ओली, लेकनाथ सापकोटा मंगला गाउँपालिका, सरोज पन्त मालिका गाउँपालिका र वेदुनाथ सुवेदी धवलागिरी गाउँपालिका चयन हुनुभएको हो ।

सदस्यहरुमा रामप्रसाद रेग्मी, विष्णु प्रसाद पौडेल, सुदिप पोख्रेल, भिष्म बहादुर थापा, प्रकाश चोचाङ्गे, सुनिल कुमार कुशवाहा, बिराज कुमार ठाकुर, संस्कृति श्रेष्ठ, विद्या पौडेल, तारानाथ हुम्यान जैसी, मुकुन्द बराल र प्रकाश पुन चयन हुनुभएको छ।

त्यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधीमा दयाराम पौडेल, सुभाष रेग्मी, सिर्जना शाही, प्रदेश महाधिवेशन प्रतिनिधीमा दिपक शेरचन, गणेश रिजाल, प्रतिमादेवी शर्मा चयन हुनुभएको हो । अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सारदा पौडेलले नागरिकलाई सेवा प्रवाह गराउने माध्यम कर्मचारीहरुले सिर्जनशिल र जिम्मेवार भएर काम गर्नुपर्ने बताउदै विकास निर्माणमा समेत कर्मचारीहरुको महत्वपूर्ण भुमीका हुने बताउनुभयो । उहाँले जनता संग प्रत्येक्ष रुपमा कर्मचारीहरु जोडिने भएकाले जनताको कामलाई पहिलो प्राथमकितामा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कर्मचारीको पहिलो काम जनताको सेवा रहेकाले आफ्नो कार्यलयमा आउने हरेक सेवाग्राही वा सर्वसाधारणको कामको गुरस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।

नेपाल निजामती कर्मचारी युनीयनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, नेपाली काँग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, उपासभापति केबी भण्डारी, सचिव भरत रकाल, नेता ओम छन्त्याल, नेपाल तरुण दल म्याग्दीका कार्यबाहक अध्यक्ष श्रीप्रसाद रोका, निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी, प्र्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

दयाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन म्याग्दीका अध्यक्ष सोम केसीले समेत मतव्य राख्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP