२०८२ चैत्र २८
April 11, 2026, Saturday

१३ औं वेनी बोर्डिङ कपको उपाधि केबि एकेडेमीलाई

म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोडिङ सेकेण्डरी स्कुलले आयोेजना गरेको ज्ञानीराजा मल्ल स्मृति ‘१३ औं बेनी बोर्डिङ कप २०८१’ छात्र फुटबल प्रतियोगिताको उपाधि दरबाङको केबि एकेडेमीले जितेको छ ।

Advertisement

लिटल गार्डेन एकेडेमी बेनी र केबी एकेडेमी दरबाङ विच निर्धारित समयमा ०– ० गोलमा बराबरी पछि भएको ट्राईब्रेकेर पेनाल्टी सुटमा केबि एकेडेमीले लिटल गार्डेन एकेडेमीलाई ५–३ ले पराजित गर्दै उपाधि जितेको शिक्षक विशाल खत्रीले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा राईजिङ प्लेयर केबी एकेडेमीका बिजल पुन, उत्कृष्ट खेलाडी विल्सन गार्बुजा ,उच्च स्कोररः विकल पुन,उत्कृष्ट स्ट्राइकर ः गणेश बुढा, उत्कृष्ट मिडफिल्डरः अनेश पुन र उत्कृष्ट प्रशिक्षक टन्डिन लामा भएका थिए । त्यस्तै लिटल गार्डेनका उत्कृष्ट किपर राज पुन,उत्कृष्ट डिफेन्डर प्रवेश छन्त्याल भएका थिए भने अनुशासित टिम दरबाङ इङ्लिस बोर्डिङ स्कुल भएको थियो ।

प्रतियोगितामा विभिन्न १५ विद्यालयले सहभागीता जनएको प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले २० हजार नगद, मेडल र प्रमाणपत्र पाए ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८१ माघ २१, सोमबार १४:१७

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८१ माघ २१, सोमबार १४:१७

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८१ माघ २१, सोमबार १४:१७

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP