म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोडिङ सेकेण्डरी स्कुलले आयोेजना गरेको ज्ञानीराजा मल्ल स्मृति ‘१३ औं बेनी बोर्डिङ कप २०८१’ छात्र फुटबल प्रतियोगिताको उपाधि दरबाङको केबि एकेडेमीले जितेको छ ।
लिटल गार्डेन एकेडेमी बेनी र केबी एकेडेमी दरबाङ विच निर्धारित समयमा ०– ० गोलमा बराबरी पछि भएको ट्राईब्रेकेर पेनाल्टी सुटमा केबि एकेडेमीले लिटल गार्डेन एकेडेमीलाई ५–३ ले पराजित गर्दै उपाधि जितेको शिक्षक विशाल खत्रीले जानकारी दिए ।
प्रतियोगितामा राईजिङ प्लेयर केबी एकेडेमीका बिजल पुन, उत्कृष्ट खेलाडी विल्सन गार्बुजा ,उच्च स्कोररः विकल पुन,उत्कृष्ट स्ट्राइकर ः गणेश बुढा, उत्कृष्ट मिडफिल्डरः अनेश पुन र उत्कृष्ट प्रशिक्षक टन्डिन लामा भएका थिए । त्यस्तै लिटल गार्डेनका उत्कृष्ट किपर राज पुन,उत्कृष्ट डिफेन्डर प्रवेश छन्त्याल भएका थिए भने अनुशासित टिम दरबाङ इङ्लिस बोर्डिङ स्कुल भएको थियो ।
प्रतियोगितामा विभिन्न १५ विद्यालयले सहभागीता जनएको प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले २० हजार नगद, मेडल र प्रमाणपत्र पाए ।
‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी...
म्याग्दीको बेनी नगरपालिकाको बैदेशिक प्रयोजनका लागि (विदेशका लागि अंग्रेजी) सिफारिस शुल्कमा परिमार्जन गरेको छ । १७ औँ नगरसभाका अवसरमा वडा...
आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता...