म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा लक्षित समूहका दुईसय १० जनालाई सामाजिक सुरक्षाभत्ता वितरण भएको छ । प्राईम कमर्सियल बैंक बेनी शाखा म्याग्दीमार्फत भकिम्लीको वडा कार्यालयबाट सेवाग्राहीलाई सामाजिक सुरक्षाभत्ता वापतको रकम प्रदान गरिएको हो ।
गएको आर्थिक वर्ष २०८१/०८२ को चौथो तथा अन्तिम चौमासिकवापत सरकारले तोकेको लक्षित समूहलाई सामाजिक सुरक्षाको रकम वितरण गरिएको प्राईम कमर्सियल बैंक बेनी शाखा म्याग्दीले जनाएको छ । सरकारले तोकेको मापदण्ड अनुसार तीन महिनाको एकमुष्ट प्रतिव्यक्ति ज्येष्ठनागरिकलाई १२ हजार, दलित ज्येष्ठनागरिकलाई पनि १२ हजार र विधुवा महिलालाई आठहजार रुपैयाँको दरले रकम वितरण गरिएको छ ।

यसैगरी अपाङ्गता भएका व्यक्तिलाई छ हजार चारसय र दलित बालबालिकालाई एकहजार छ सय रुपैयाँको दरले सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गरिएको छ भने लक्षित समूहलाई विरतण गरिएको रकम तीन महिनाको एकमुष्ट रहेको वडा कार्यालयले जानकारी दिएको छ । बैंकले वडा कार्यालयसँगको समन्वयमा भत्ता वितरण गरेको हो । भकिम्लीका सेवाग्राहीलाई प्राईम कमर्सिलय बैंकको कर्जा विभाग प्रमुख शिवप्रसाद सुवेदी, क्यासियर पुजा भट्टराई र कार्यालय सहायक सुजतासिंह ठकुरीले भत्ता वितरण गर्नुभएको थियो ।

बेनी नगरपालिका वडानम्बर ३ मा ज्येष्ठनागरिक ३ सय ३४, दलित ज्येष्ठनागरिक २६, ज्येष्ठनागरिक एकल महिला २९, विधुवा महिला ६०, अपाङ्गता भएका २८, दलित बालबालिका ३६ र नयाँ थप ४ जना गरी कुल ५ सय १७ जना सेवाग्राहीहरुले सामाजिक सुरक्षाभत्ता पाउने गरेको वडा सचिव मोहमद शाकिब रेजा अन्सारीले जानकारी दिनुभयो । कार्यक्रममा ३ नम्बर वडाका वडा अध्यक्ष पदमबहादुर पुनको पनि विशेष उपस्थिति रहेको थियो ।

वडा कार्यालयबाटै सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षावापतको रकम बैंकमार्फत हातमै थाप्न पाउँदा सेवाग्राहीहरु भने दङ्ग परेका छन् । वि.सं. २०५१ सालमा नेकपा एमालेका तत्कालीन महासचिव मनमोहन अधिकारीको नेतृत्वमा बनेको देशको पहिलो कम्युनिष्ट सरकारले नेपालमा सामाजिक सुरक्षाको कार्यक्रम ल्याएको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



