म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको प्रथम स्ववियु फोे ए साइड फुटबल प्रतियोगिताको उपाधि एफएसयु सेतोले जितेको छ । प्रतिायोगितामा एफएसयु ग्रिन द्धितीय हुन सफल भयो ।
पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न कक्षाबाट १० टिमले सहभागिता जनाएका थिए ।
क्याम्पस सह आयोजक रहेको उक्त प्रतियोगितामा रेजोईज टिम अनुशासित, सिजन भण्डारी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता अनुपम श्रेष्ठ, उत्कृष्ट डिफेन्डर तारामोहन श्रीपाली र ईमर्जिङ खेलाडी बिम्बा क्षेत्री भएको स्ववियु सभापती संगम चोखाल क्षेत्रीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई पढाई संगै खेलकुद क्षेत्रमा समेत आफ्नो क्षमता प्रस्तुत गर्ने वातावरण मिलोस भनेर फुटबल प्रतियोगिता आयोजना गरिएको सभापती क्षेत्रीले बताउनुभयो ।
प्रथम र दोस्रो हुनेलाई क्रमश नगद रु. १५ हजार र सात हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदी, स्ववीयु सभापति संगम क्षेत्री चोखाल, जिल्ला खेलकुद विकास समितिका सदस्य नगेन्द्र मल्ल, बेनपा ७ का वडा सदस्य सोहन श्रेष्ठ, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानिया लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



