२०८२ कार्तिक २८
November 13, 2025, Thursday

गाजनेमा जगन्नाथ भगवानको रथयात्रासहित मन्दिर परिक्रमा तथा सरकारी भोज (तस्विरसहित)

म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।

Advertisement

जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथि, गुठी व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु, मन्दिरका पुजारी, सहभागी भक्तजनहरु, स्थानीयवासी, सर्वसाधारण लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति काँधमा बोकेर रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तनसहित मन्दिर परिसरमा परिक्रमा गराइएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

Advertisement

सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ । विगतमा एक, दुईजना व्यक्तिले पनि साफा र कपडा लिएर मन्दिरको दर्शन गर्न आएमा भगवान् जगन्नाथको दर्शन गराइदिने परम्परा रहेकाले यसबाट तँछाडमछाड हुने र जसले जतिपटक पनि ल्याउन सक्ने भएको हुँदा यस्तो कार्य रोक्न हरेक वर्षको एकपटक मात्रै प्रत्यक्ष दर्शन गर्ने व्यवस्था मिलाइएको हो । सोहीअनुसार हरेक वर्षको एकपटक जगन्नाथको प्रत्यक्ष रुपमा दर्शन गर्न पाइन्छ ।

श्रावण शुक्ल द्वादशी तिथिमा रथयात्राको कार्यक्रम आयोजना गरी सोही दिन मात्र सबैलाई भगवान् जगन्नाथको प्रत्यक्ष दर्शन गराइदिने र साफालगायत कपडा फेरिदिने प्रचलन कायम गरिएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ शर्माले बताउनुभयो । रथयात्रा तथा सरकारी भोज कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जगन्नाथ क्षेत्रमा धार्मिक पर्यटनको प्रवद्र्धन गर्नका लागि बेनी नगरपालिकामार्फत आवश्यक पहल गरिएको बताउनुभयो ।

उहाँले बेनी नगरपालिकाले पुलहाश्रम, जगन्नाथ, ढोलठानलगायत क्षेत्रमा पुग्ने सडक स्तरोन्नतिमा जोड दिइएको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नगरपालिका क्षेत्रभित्र रहेका धार्मिक क्षेत्रहरुको पर्यटन प्रवद्र्धन गर्नका लागि गएको वर्ष तस्बिरसहितको बुकलेट प्रकाशन गरेर प्रचारप्रसार गर्न अगाडि बढेको बताउँदै मठमन्दिरलगायत धार्मिक क्षेत्रको विकास तथा पूजाआजामा आवश्यक सहयोग गर्ने गरिएको बताउनुभयो ।

बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले वडा र नगरपालिकाबाट धार्मिक क्षेत्रसम्म पुग्ने सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिलाई जोड दिइएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका प्रतिनिधि रामप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, पण्डित भीमनाथ पराजुली र बेनी नगरपालिका–७ बेनीका पूर्व वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्दै नगर क्षेत्रमा रहेका जगन्नाथधामसहित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । रथयात्रा कार्यक्रममा प. पराजुलीले प्रवचनसहित स्वस्तीवाचन गर्नुभएको थियो ।

जगन्नाथ मन्दिरको हरेक वर्ष श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर रथयात्रा तथा सरकारी भोजको कार्यक्रम आयोजना गरिँदै आएको छ । सरकारी भोजको समेत आयोजना गरिएको रथयात्रा कार्यक्रममा ४१ पाथी चामलको खिर पकाएर सहभागी भक्तजनलगायत सबैलाई खुवाइएको थियो भने जगन्नाथ आमा समूह र युवा क्लबले स्वयंसेवा गरेका थिए ।

रथयात्रामा सहभागी भई जगन्नाथको दर्शन र पूजाआजा गर्न म्याग्दीसहित विभिन्न जिल्लाहरुबाट करिब १ हजारको हाराहारीमा भक्तजनहरु जगन्नाथ पुगेका थिए । कार्यक्रम जथन्नाथ मन्दिरका अध्यक्ष निलकण्ठ शर्माको अध्यक्षता, सचिव रामचन्द्र पौडेलको सञ्चालन र कोषाध्यक्ष प्रविन पौडेलको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा जगन्नाथ मन्दिरलाई आर्थिक सहयोग गर्ने चन्दादातालाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८२ श्रावण २२, बुधबार १५:४५

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८२ श्रावण २२, बुधबार १५:४५

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८२ श्रावण २२, बुधबार १५:४५

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP