२०८२ आश्विन २५
October 11, 2025, Saturday

पदक विजेता खेलाडीलाई सम्मान (तस्विर सहित)

जिल्ला खेलकुद विकास समिति म्याग्दीले विभिन्न प्रतियोगिताका विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । बुधबार खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशस्तरीय प्रतियोगिताका स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई नेपाल सरकारका उर्जा,जलस्रोत तथा सिचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले सम्मान गर्नुभएको थियो ।

Advertisement

मार्सल आट, भलिबल, ब्याडमिन्टन खेलमा गण्डकी प्रदेशमा स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई क्रमश क्रमश ३ हजार, २ हजार र १ हजार नगद, सम्मानपत्रले सम्मान गरिएको थियो। । ७७ जना सम्मानित हुनेमा १३ जना अफिसियल बाहेक ६४ जना खेलाडी रहेका छन् ।

Advertisement


गोरखामा सम्पन्न भएको १६ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर दोस्रो भएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले खेलकुद र राजनीतिमा हारजित हुने बताउँदै आफ्नो लक्ष्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

‘खेलाडीले हारबाटै जितको सपना देख्नुपर्छ, खेलक्षेत्रमा लागेकालाई घाटा हुदैन’ राज्यमन्त्री गर्बुजाले भन्नुभयो । सोही अवसरमा राष्ट्रि«य महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नगद १५ हजार, दोसल्लाले सम्मान गरिएको थियो भने गण्डकी प्रदेश महिला भलिबल टिमकी काजोल छन्त्याललाई नगद ५ हजार, सम्मानपत्रले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राख्नुभएको थियो ।

खेलाडी, अफिसियल सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक सुर्य थापा, राष्ट्रि«य अनुसन्धान कार्यालयका प्रमुख विजय पौडेल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायब उपरीक्षक लीलाबहादुर भुजेल, विभिन्न संघसंस्थाका प्रतिनिधि सहित खेलाडीको उपस्थिती रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विष्णु रोकाको स्वागत र सचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
  • २०८२ श्रावण २३, बिहीबार ०१:०३

जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...

विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
  • २०८२ श्रावण २३, बिहीबार ०१:०३

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...

बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
  • २०८२ श्रावण २३, बिहीबार ०१:०३

म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...

TOP