२०८३ श्रावण ७
July 23, 2026, Thursday

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चालक र एक यात्रुलाई थप उपचारका लागि पोखरा रिफर

पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ ठुलोढाटरमा ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । रुन्मा-दरवाङ सडक अन्तर्गत पर्ने सडकमा दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको बोलेरो जिप ठुलोढाटरमा दुर्घटना हुँदा जिपमा सवार मालिका गाउपालिका-५ रुन्माका ४३ वर्षीया खनदेबी  फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार गाडीका चालक मालिका-५ का ४० वर्षका चन्द्र पुन, १४ वर्षकी श्रीजना घर्ती र ७३ वर्षका भविराज फगामी घाइते भएको उहाँले बताउनुभयो । बोलेरो जीप सडकबाट अनियन्त्रीत भएर करिब ४० मिटर तल खस्दा घाईते हुनुभएका चालक चन्द्र पुन, यात्रु भविराज फगामीलाई प्राथमिक उपचार केन्द्र दरबाङमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

जिपमा सवार यात्रु सृजना घर्तीको प्राथमिक उपचार केन्द्र दरबाङमा उपचार भइरहेको छ । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । अबिरल बर्षासँगै ग्रामिण सडकमा यात्रा गर्दा जोखिम हुने भएकाले सर्तकता अपनाउन समेत अनुरोध गरिएको छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP