म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ ।
िजल्लाको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा रहेको आयोजनाको बाँधस्थलमा एक्कासी खसेको सुख्खा पहिरोमा परेर पाँच जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक सुर्य थापाले जानकारी दिनुभयो ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा खसेको पहिरोमा मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा पिप्ले प्रहरी चौकीबाट टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
पहिरोमा घाईते भएकाहरुको उपचारका लागि एक जना बेनी अस्पताल लिएर उपचार भैरहको छ । बाँकी घाईते बाटोमा आउदै गरेका छन् । मृत्यु हुनेमा तमान खोला गाउँपालिका १ का अन्दानी २२ बर्षका सुजन बुढामगर र चितवनका अन्दाजी ४५÷४६ बर्षका लाल बहादुर सुनार रहेको प्रहरी जनाएको छ ।
घटनास्थलमा प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउने क्रममा समेत यस अगाडी बाँध पहिराको जोखिममा परेको थियो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



