२०८३ भाद्र २
August 18, 2026, Tuesday

बेनीमा जेन्जी आन्दोलनमा घाईतेका लागि २४ पिन्ट रगत सङ्कलन

जेन्जी आन्दोलनमा विभिन्न अस्पतालमा रहेका घाइतेको उपचारमा रगतको अभाव नहोस् भनेर लायन्स क्लव अफ बेनी लभ्लीहिलले सदरमुकाम बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा प्रदेश अस्पताल बेनीमा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा २४ पिन्ट रगत सङ्कलन गरिएको हो ।

Advertisement

रक्तदान कार्यक्रमको उद्घाटन गदैं नेपाल रेडक्रस सोसाइटी म्याग्दीमा सभापति अमर बानियाँले जेन्जी आन्दोलनमा घाईतेसहित जिल्ला बाहिर आवश्यक पर्ने रगतका लागि लायन्सले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो । ‘हामीले थप रक्तदान कार्यक्रम आवश्यकता परेमा समन्वय गछौं, रेडक्रसको रक्तसंचार केन्द्रलाई रक्तदाताबाट भइरहेको सहयोगले रक्तदान कार्यक्रम प्रभावकारी भइरहेको छ’ सभापति बानियाँले भन्नुभयो ।

रगतको अभावकै कारण म्याग्दीमा कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत पठाउने गरिएको सभापति बानियाँले बताउनुभयो। रक्तदान कार्यक्रममा लायन्सकर्मी, सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो । लायन्स क्लव अफ बेनी लभ्लीहिलका अध्यक्ष ओमप्रसाद शर्माले कास्की सहित देशका विभिन्न जिल्लामा आन्दोलनमा घाईते भएकाहरुको उपचारमा रगतको अभावका बारेमा जानकारी पाएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

रक्तदान कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष शर्मा, स्वागत प्रथम उपाध्यक्ष जिवन पौडेल, सञ्चालन सचिव प्रेम नेपालीले गर्नुभएको थियो । लायन्स क्लव अफ बेनी लभ्लीहिलले आगामी दिनमा समेत आवश्यकता परेमा रक्तदान सहितको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

म्याग्दीमा आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका,शल्यप्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा तत्कालै रक्तदान गर्नेहरुको संख्या समेत धेरै छन् ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP