२०८२ कार्तिक २८
November 13, 2025, Thursday

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
रोग लागेर पशुचौपायको क्षति नहोस भनेर पशुपालक किसानहरुलाई सोमबार पूर्ण खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

Advertisement

भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय म्याग्दी,गाउँपालिका पशुसेवा शाखा र वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा पशुचौपायहरुलाई निरोगी बनाउन अनिबार्य रुपमा खोप लगाउन किसानहरुलाई अनुरोध गरिएको छ ।
कार्यक्रममा गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले पशुचौपायहरुलाई निरोगी बनाई उत्पादन वृद्धि गर्न खोप लगाउनुपर्ने बताउनुभयो । स्वस्थ पशुबाट उत्पादन भएको पशुजन्य पदार्थ उपभोग गरेमा मात्र मानव स्वास्थ्य पनि राम्रो हुने उहाँको भनाई थियो । सरकारले किसानको हितलाई प्राथमिकतामा राखेर पशुचौपायलाई निशुल्क खोप लगाउने अभियान संचालन गरेकाले सहि सदुपयोग गरेर फाइदा लिन उहाँले अनुरोध गर्नुभयो ।

Advertisement

पशुसेवा कार्यालय म्याग्दीका पशु स्वास्थ्य अधिकृत सुवाष रेग्मीले खोपका माध्यमबाट पशुको क्षति न्यूनीकरण हुनुका साथै स्वस्थ पशुजन्य प्रदार्थको उत्पादन हुने भएकाले त्यसले मानव स्वास्थ्यमा समेत राम्रो प्रभाव पर्ने बताउनुभयो । खोप नलगाएका भेडाबाख्रा तथा पशुचौपायहरु बिक्री वितरण गर्न तथा उपभोग समेत नपाइने भएकाले अनिबार्यरुपमा पशुचौपायमा खोप लगाउन उहाँले किसानलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा धवलागिरी गाउँपालिका पशुसेवा शाखा प्रमुख चन्द्रकला दाहलले पशुचौपायहरुलाई निरोगी बनाउन र स्वस्थ पशुजन्य उत्पादनमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । पशुचौपायहरुमा पूर्ण खोप अभियानलाई प्रभावकारी बनाउन किसानहरुले पनि चासो दिनुपर्ने उहाँको भनाई थियो । गाई, भैंसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क उपलब्ध हुने उहाँले बताउनुभयो । खोप लगाउन पशु प्राविधिकहरु किसानको गोठ सम्म पुग्ने उहाँको भनाई थियो ।

पशुसेवा कार्यालय म्याग्दीका पशु स्वास्थ्य प्राविधिक मणिलाल सापकोटाले संचालन गर्नुभएको अभिमुखिकरण कार्यक्रममा गुर्जाका करिब पचास जना पशुपालक किसानहरुको सहभागिता रहेको थियो । खोप र पशुस्वास्थ्यका बारेमा गाउँमा आएर सचेतनामुलक कार्यक्रम संचालन गरेकोमा पशुपालक किसान दुर्गाबहादुर विकले खुसी व्यक्त गर्दै भेडाबाख्रामा लाग्न सक्ने रोग र उपचार विधिका बारेमा सम्बन्धित निकायबाट अझै प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।

Related News

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८२ कार्तिक २५, सोमबार १३:२०

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८२ कार्तिक २५, सोमबार १३:२०

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

लाल युवा क्लबको अध्यक्षमा पुन खगेन्द्र खत्री
लाल युवा क्लबको अध्यक्षमा पुन खगेन्द्र खत्री
  • २०८२ कार्तिक २५, सोमबार १३:२०

म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँको लाल युवा क्लबको अध्यक्षमा पुन खगेन्द्र खत्री चयन हुनुभएको छ ।सामाजिक संगै खेलकुद क्षेत्रका सक्रिय...

TOP