२०८३ श्रावण ८
July 24, 2026, Friday

रघुगंगाको २० औँ गाउँसभा, बजेट संशोधन र अर्थबार्षिक समिक्षा

म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ ।

Advertisement

सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको बजेटलाई संशोधन तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट थप  ७ लाख २० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको गत आर्थिक बर्षको यथार्थ आय व्यय विवरण तथा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको संक्षिप्त समिक्षात्मक प्रगति विवरण र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताब छलफल सहित पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।गत असार ५ गते सम्पन्न भएको १९ औँ गाउँसभाबाट चालु आर्थिक बर्ष २०८२/०८३ का लागि ५१ करोड ७८ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट स्वीकृत गरिएकोमा पुस १० गतेसम्म संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोतबाट समेत गरेर २८ करोड ३६ लाख ८५ हजार  रुपैयाँ राजश्व तथा अनुदान संकलन भएर परिचालन भएको पालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।


गाउँपालिकाले पुस १० गतेसम्म चालु खर्चतर्फ  ३७ करोड २५ लाख  रुपैयाँ बजेटमध्ये ९ करोड २४ लाख र पुँजीगततर्फ १४ करोड ५३ लाख रुपैयाँ बजेटमध्ये १ करोड ८६ लाख बजेट खर्च गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म जम्मा १२ दशमलब ८० प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । जेनजी आन्दोलनले सिजृत परिस्थिति, संघीय सरकारको अस्थिरताका कारण बजेट कार्यान्वयन सम्बन्धी निर्देशिकामा ढिलाई र द्धिविधा उत्पन्न हुनु र उपभोक्ता समिति गठनमा ढिलाई हुँदा बजेट कार्यान्वयनमा सुस्तता आएकाले कार्यतालिका बनाएर योजना तथा कार्यक्रमको कार्यान्वनयमा जुट्नुपर्ने पालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।सभाले चालु योजनाहरूको प्रगति मूल्याङ्कन गर्दै बाँकी अवधिका लागि बजेट परिमार्जन र विकासका नयाँ प्राथमिकताहरू समते पारित गरेको छ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP