२०८२ माघ १६
January 29, 2026, Thursday

विकास र सुशासनको एजेन्डा लिएर उम्मेदवार भण्डारी गाउँ अभियानमा

म्याग्दी ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले आफ्नो गाउँ अभियान लाई तीव्र पार्नुभएको छ । भण्डारी जिल्लाका विभिन्न गाउँ तथा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै त्यहाँका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिईरहनुभएको छ । साथै उहाँले आफ्नो निर्वाचन एजेन्डा, विकास योजना र भावी कार्यक्रमहरू मतदातासमक्ष राखिरहुनुभएको छ ।

Advertisement

नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक तथा संविधान सभा सदस्य रेशम बहादुर बानियाँका अनुसार भण्डारीको अभियानले कांग्रेस र जनताबीचको दूरी घटाएको छ । “उहाँ आफैं गाउँ–गाउँ पुगेर जनताको कुरा सुन्नुहुन्छ, जसले अभियानलाई प्रभावकारी बनाएको छ,” बानियाँले बताउनुभयो । उम्मेदवार भण्डारीले भन्नुभयो “मैले जिल्लाको समग्र अवस्था बुझिसकेको छु, तर गाउँका मतदाताको समस्या र आवश्यकतालाई प्रत्यक्ष सुन्न उनीहरूकै घरदैलोमा पुग्ने प्रयास गरिरहेको छु।”

Advertisement

उहाँका अनुसार पार्टी सभापति राज्य मन्त्री बनेपछि म्याग्दीमा विकास बजेट र योजनाहरू बढेका छन्, र ती योजनाहरूलाई पूर्णता दिनकै लागि यसपटक पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–६ घार पुग्दा स्थानीय मतदाताले भण्डारीलाई स्वागत गर्दै गाउँको विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

भेटघाटका क्रममा उहाँले निर्माणाधीन जलविद्युत आयोजना, पूर्वाधार विकास, सुशासन र युवालाई रोजगारी दिने योजना दिने आफ्नो मुख्य एजेन्डा भएको बताउनुभएको छ । पछिल्लो समय म्याग्दी कांग्रेस एकजुट भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिन पार्टीका सबै नेता तथा कार्यकर्ताहरू संयुक्त रूपमा गाउँ अभियानमा सक्रिय देखिएका छन् ।

Related News

एमाले म्याग्दीको निर्वाचन कार्यालय उद्घाटन तथा विस्तारित वैठक
एमाले म्याग्दीको निर्वाचन कार्यालय उद्घाटन तथा विस्तारित वैठक
  • २०८२ माघ १६, बिहीबार ०४:५९

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले आउँदो फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताउनुभएको छ । एमाले म्याग्दीले...

जलविद्युत् र पर्यटनबाट रोजगारी  दिलाउँछु : कांग्रेसका म्याग्दी उमेदवार भण्डारी
जलविद्युत् र पर्यटनबाट रोजगारी  दिलाउँछु : कांग्रेसका म्याग्दी उमेदवार भण्डारी
  • २०८२ माघ १६, बिहीबार ०४:५९

नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधिसभा सदस्य उमेदवार कर्णबहादुर भण्डारी (केबी)ले म्याग्दी जिल्लाको जलविद्युत् र पर्यटन क्षेत्रको आम्दानीलाई म्याग्देली जनतासँग जोड्ने बताएका...

म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
  • २०८२ माघ १६, बिहीबार ०४:५९

म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...

TOP