२०८३ भाद्र २
August 18, 2026, Tuesday

जलविद्युत् र पर्यटनबाट रोजगारी  दिलाउँछु : कांग्रेसका म्याग्दी उमेदवार भण्डारी

नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधिसभा सदस्य उमेदवार कर्णबहादुर भण्डारी (केबी)ले म्याग्दी जिल्लाको जलविद्युत् र पर्यटन क्षेत्रको आम्दानीलाई म्याग्देली जनतासँग जोड्ने बताएका छन् । 

Advertisement

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति भण्डारीले जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता तथा जिल्लाभरका जनतालाई सहत हुने गरी जलविद्युत्मा जोड्ने काम गर्ने बताए । 

नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले जलविद्युत्, पर्यटन, कृषि तथा शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ ।

“म्याग्दी प्रचुर सम्भावना भएको जिल्ला हो, यहाँको आवश्यकतालाई प्राथमिकताका साथ पूरा गर्नेछु,” उनले भने । 

उमेदवार भण्डारीले म्याग्दीका जनताबाट प्राप्त सल्लाहसुझावलाई कार्यान्वयन गर्दै म्याग्देली जनताको हितमा काम गर्ने गरी थप योजनासहित अगाडि आएको बताए । 

पर्यटनबाट हुने आम्दानीबाट नागरिकलाई धेरै क्षेत्रमा सहयोग गर्न सकिने भएकाले आफूले चुनावी अभियानमा गरेका वाचा पूरा गर्ने उल्लेख गर्दै रोजगारका विदेशिएका युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकिने पनि बताए । 

“म्याग्दीमा भएको सम्भावनामा लगानीमात्रै भित्राउन सकिएपनि यहाँ नै रोजगार दिन सकिन्छ, अब लगानीमैत्री वातावरण बनाएर अवसर सिर्जना गर्नेतर्फ केन्द्रित हुनेछु ।”

समृद्ध म्याग्दी बनाउने खाकामा विगतमा समेत अभ्यास गरेको बताउँदै अबको यात्रालाई संघीय सरकारमै पुग्ने गरी काम गर्ने भण्डारीको भनाइ छ । 

म्याग्दीमा ८६ हजार ३९७ मतदाता छन् ।  तीमध्ये ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक अल्पसंख्यक समुदायका मतदाता छन् । 

यस्तै, यहाँ ८२ वटा मतदानस्थल र ११० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र आठवटा मतदानस्थललाई सामान्य वर्गीकरण गरेको छ । 

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP