
दिपायल- जिल्ला प्रशासन कार्यालय डोटीले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।
आगामी निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै हातहतियार बुझाउन प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठद्वारा जारी सूचनामा २०७९ कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हातहतियार बुझाउन भनिएको छ ।
अगामी मङ्सिर ४ गतेका लागी तय प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारलाई केही समयको लागि प्रहरी युनिटमा बुझाउन जानकारी गराएको प्रजिअ श्रेष्ठले बताइन् ।
निर्वाचन सम्पन्न भएको एक हप्ता पछि हातहतियार धनीलाई नै फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ ।
म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...
गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...
हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...