
दिपायल – नेकपा (माओवादी केन्द्र ) बाट डोटी जिल्लाको प्रदेश सभा ‘ख’ का प्रत्यासी उम्मेदवारहरुले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको टिकट खोसेर घोर अपमान गरेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको चुनावी क्षेत्रबाट चुनाव लड्न उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीलाई टिकट दिए पछि माओवादीका दुई जना प्रत्यासी उम्मेदवारले विज्ञप्ति जारी गरेका हुन् ।
यस अघि मुख्यमन्त्री भट्टले टिकट पाएको भन्दै कार्यकर्ताहरूले बधाई तथा शुभकामना समेत दिएका थिए । मनोनयन दर्ताको अन्तिम दिन भने वलीका नाममा टिकट आएको छ ।
नेकपा माओवादी केन्द्रका डोटी जिल्ला सह इन्चार्ज मीन बहादुर घर्तीमगर (विश्व) र मुख्यमन्त्रीका अर्का स्वकीय सचिव प्रेम कुँवर ( प्रख्यात ) ले विज्ञप्ति जारी गर्दै वलीको उम्मेदवारी अस्वीकार गर्ने बताएका छन् ।
जिल्लाबाट टिकटका लागि मुख्यमन्त्री बाहेकका तीन जनाको नाम सिफारिस भएकोमा सहमति नजुटे पछि मुख्यमन्त्रीलाई नै टिकेट दिने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । ‘मुख्यमन्त्रीको उम्मेदवारी प्रति विवाद छ भन्ने कृत्रिम हल्ला चलाएर वालीले टिकेट दिएकोमा आफूहरुको गम्भीर आपत्ति रहेको छ,’ संयुक्त हस्ताक्षर गरिएको प्रेस विजिप्तिमा भनिएको छ,’ एकातिर मुख्यमन्त्रीको घोर अपमान गर्ने र अर्का तिर हाम्रो उम्मेदवारीको व्यवस्था गर्ने कार्यको हामी घोर विरोध गर्दछौं र हामी सामूहिक रूपले अस्वीकार गर्ने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।’

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...