२०८३ श्रावण ८
July 24, 2026, Friday

टिकेट खोसेर मुख्यमन्त्रीको घोर अपमान गरियो : प्रत्यासी उम्मेदवार


दिपायल – नेकपा (माओवादी केन्द्र ) बाट डोटी जिल्लाको प्रदेश सभा ‘ख’ का प्रत्यासी उम्मेदवारहरुले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको टिकट खोसेर घोर अपमान गरेको बताएका छन् ।

Advertisement

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको चुनावी क्षेत्रबाट चुनाव लड्न उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीलाई टिकट दिए पछि माओवादीका दुई जना प्रत्यासी उम्मेदवारले विज्ञप्ति जारी गरेका हुन् ।

यस अघि मुख्यमन्त्री भट्टले टिकट पाएको भन्दै कार्यकर्ताहरूले बधाई तथा शुभकामना समेत दिएका थिए । मनोनयन दर्ताको अन्तिम दिन भने वलीका नाममा टिकट आएको छ ।
नेकपा माओवादी केन्द्रका डोटी जिल्ला सह इन्चार्ज मीन बहादुर घर्तीमगर (विश्व) र मुख्यमन्त्रीका अर्का स्वकीय सचिव प्रेम कुँवर ( प्रख्यात ) ले विज्ञप्ति जारी गर्दै वलीको उम्मेदवारी अस्वीकार गर्ने बताएका छन् ।

जिल्लाबाट टिकटका लागि मुख्यमन्त्री बाहेकका तीन जनाको नाम सिफारिस भएकोमा सहमति नजुटे पछि मुख्यमन्त्रीलाई नै टिकेट दिने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । ‘मुख्यमन्त्रीको उम्मेदवारी प्रति विवाद छ भन्ने कृत्रिम हल्ला चलाएर वालीले टिकेट दिएकोमा आफूहरुको गम्भीर आपत्ति रहेको छ,’ संयुक्त हस्ताक्षर गरिएको प्रेस विजिप्तिमा भनिएको छ,’ एकातिर मुख्यमन्त्रीको घोर अपमान गर्ने र अर्का तिर हाम्रो उम्मेदवारीको व्यवस्था गर्ने कार्यको हामी घोर विरोध गर्दछौं र हामी सामूहिक रूपले अस्वीकार गर्ने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।’

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP