
दिपायल – निर्वाचन आयोगले मनोनयन फिर्ता लिन दिएको समय सकिएको छ । डोटीबाट आइतबार आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ १३ जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचन आयोगले मनोनयन फिर्ता लिन दिएको समय भित्र कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका डोटी उद्योगवाणिज्य संघका पूर्व अध्यक्ष कांग्रेस नेता नरेन्द्र खड्काको उम्मेदवारी फिर्ता गराउनका लागि गठबन्धनले ठोलो कसरत गरेको थियो । तर खड्काले डोटेली जनताको मागमा अजेण्डामा आफुले उम्मेदवारी दिएको भन्दै उम्मेदवारी फिर्ता लिन मानेन् ।
कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पछि आइतबार दर्ता भएको मनोनयन अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि १३ जना चुनावी मैदानमा उभिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका लागि र प्रदेशसभाका लागि १३ जनाको उम्मेदवारी परेको हो । जिल्लाको एक मात्र प्रतिनिधि सभा सदस्य सिटमा ६ जनाको उम्मेदवारी परेको छ ।
बर्तमान सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी) का पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री प्रेमबहादुर आले मगरले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट पार्टी पोलिट ब्युरो सदस्य तथा संबिधानसभा सदस्य गौरी वलीले उम्मेदवारी दर्ता गरेका छन् ।
रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । नरेन्द्र बहादुर खड्का र राजप्रासाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा (क) को लागि ४ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस डोटी जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले उम्मेदवारी दर्ता गराए । एमालेबाट जिल्ला अध्यक्ष चक्र मल्लले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै हाम्रो नेपाली पार्टीका शैलेन्द्र खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्रनाथ योगीले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा (ख) को लागी ३ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओलीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट टेकबहादुर बमको उम्मेदवारी परेको छ । यस्तै, राप्रपाका मोहनबहादुर बमले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आज दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गरिने छ । स्वतन्त्र उम्मेदवारलाई आज ४ बजे पछि चुनाव चिन्ह प्राप्त गराइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



