२०८२ माघ २२
February 4, 2026, Wednesday

वीर बहादुर बलायरलाई जिताउन प्रेम आलेको अपिल


Advertisement

सहजपुर – नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य पूर्वमन्त्री प्रेम बहादुर आले मगरले कलाली ४ बाट प्रतिनिधि सभाका उम्मेदवार वीर बहादुर बलायरलाई जिताउन अपिल गरेका छन्। सोमबार कैलालीको चुरे गाउँपालिका – ३ सहजपुरमा बसर युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन बोल्दै आलेले बलायरलाई जिताउन अपिल गरेका हुन् ।

Advertisement

केपी ओलीको प्रतिगमनकारी भूमिकाको अन्त्य गर्दै देश र संविधान जोगाउन देशमा बाम- लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको बताउँदै आलेले देश जोगाउन गठबन्धनलाई स्थायित्व दिन गठबन्धनका उम्मेदवार जिताउन जरुरी रहेको बताए ।

वीर बहादुर बलायर विगत देखि नै देश र जनताकाको हितमा काम गर्दै आएका त्यागी नेता हुन्,’ आलेले भने,’ निष्ठाको राजनीति गर्दै कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापति जस्तो गरीमाय पद सम्हाली रहनु भएको छ । बलायर सुदूरपश्चिमकै बलिया र होनहार नेता हुन्। सुदूरपश्चिमको विकास र बलियो नेतृत्वको लागि उहाँ जित्न जरुरी छ । कैलालीका सम्पूर्ण मतदाताहरुलाई उहाँको पक्षमा मतदान गर्न आग्रह गर्दछु।’

विद्यार्थी राजनीतिबाटै चर्चामा रहेका आदरणीय बलायर दाई देशको राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि पटक पटक जेल जीवन बिताएका नेता हुन् ,’ आलेले भने सुदूरपश्चिमको विकासका लागि उहाँको महत्वपूर्ण भूमिका छ । फास्ट ट्रयाक लगायतका ठूला योजनाहरूमा उहाँको हस्ताक्षर छ । सुदूरको समृद्धि र राजनीतिक संस्कारका लागि पनि उहाँलाई जिताउन जरुरी छ ।’

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०७९ कार्तिक ७, सोमबार १७:३४

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०७९ कार्तिक ७, सोमबार १७:३४

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०७९ कार्तिक ७, सोमबार १७:३४

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP