काठमाडौं– पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाको मथारमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
पाल्पाबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ३ बजेतिर पूर्वी नवलपरासीको बुलिङटार–२ मथारमा दुर्घटनामा परेको थियो।
मृत्यु हुनेमा पाल्पाको रम्भादेवी गाउँपालिका–१ की ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्यान गाउँपालिका–९ बेलचौरकी ४५ वर्षीय जुलमाया माझी रहेका छन्।
२९ जना यात्रु लिएर गएको बस सडकबाट करिब एक सय मिटर तल खसेको छ।
रामपुर–काठमाडौं चल्ने उक्त बस मथारमा आइपुग्दा अनियन्त्रित भइ सडकबाट खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको छ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...