
दिपायल– त्रिनगर निमाबिमा आदर्श गाउँपालिका तलारा डोटीका नरेन्द्र बहादुर सिंह धनगढी पढाइका लागि गएका थिए । ०३३ सालमा कक्षा ७ पढ्दा पढ्दै प्रजातन्त्रबादी सिंह लगायतका युवाहरुले कलिलै उमेरमा शहिद क्लव धनगढीमा स्थापना गरे । यो क्लवले पंञ्चायत बिरुद्ध बिधार्थीहरुलाई संगठीत गर्न त्यहाँ ठुलो भूमीका खेल्थ्यो । क्लब स्थापना गर्दा नरेन्द्र बहादुर सिंह, किशोर बम, पुस्करनाथ ओझा लगायतको टोलीले नेतृत्वदायी भूमीका खेलेको थियो ।
अहिले उनै नरेन्द्र बहादुर सिंह डोटी प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।
क्लबमा संगठीत यूवाहरुहरुको जोश, जाँगर र सकृय भूमीका देखेर नेपाली कांग्रेसका नेता सुरेश मल्ल र डिल्लीराज पन्तले नेबिसंघमा आवद्ध हुन प्रेरित गरे । मल्ल र पन्तकै उत्प्रेरणाले नेबिसंघमा आवद्ध भइ बहुदलिय ब्यवस्थाका पक्षमा जनमत संग्रहका लागि सिंह लगायतको टोली खटियो । शहिद क्लबका यूवाहरुको क्रियाशिलताले धनगढीमा आन्दोलनले तुफानको रुप लियो ।
सिंह आन्दोलनमा पटक पटक बन्दी बने । प्रहरीको कुटपीटमा समेत परे । पंञ्चायत सरकारको दमन, धरपकडका बाबजुत पनि शहिद क्लवका यूवाहरुको दबदबाले पंञ्चायत समर्थकहरुलाई प्रबेश निषेध नै गर्न सफल भए । जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंह नेबिसंघमा आवद्ध शहिद क्लबका युवाको चर्चा कांग्रेसबृतमा अहिलेपनि स्मरणयोग्य रहेको बताउँछन् । पंञ्चायत समर्थक युवाहरुलाई शहिद क्लबका यूवाहरुले धनगढीको मुख्य बजारमा प्रबेश निषेध नै गरेर काउन्टर दिएको कुरा कांग्रेसबृतमा अहिलेपनि चर्चामा रहेको लक्ष्मण सिंह सुनाउँछन् । नेबिसंघको राजनितीसंगै ०३४ सालमा नरेन्द्र सिंह लगायतका युवाहरुले पार्टीको क्रियाशिल सदस्यता प्राप्त गरे । बहुदलिय ब्यवस्थाका पक्षमा पार्टीको सकृय राजनिती ०३४ सालबाट प्रारम्भ गरेको सिंह भन्छन् ।
राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमत संग्रह गर्ने घोषणा भयो । तात्कालिक राजा बीरेन्द्रले वि. सं. २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेका थिए । ०३७ बैशाख २० गते जनमत संग्रहका लागि मतदान भएको थियो ।
अध्ययनका क्रममा सिंहले प्रबिण तह कैलाली बहुमुखि क्याम्पसबाट गरे । उनी कैलाली बहुमुखि क्याम्पसकमा आइकम पढ्ने पहिलो व्याच हुन् । कैलाली बहुमुखि क्याम्पसमा समेत उनले प्रजातन्त्रका पक्षमा नेबिसंघलाई अगाढी बढाउन संघर्ष गरे ।
भारतबाट बि.कम. गरेका सिंहले एम.बि.ए.बाट स्नाकोत्तर भने त्रिभूवन बिश्व बिद्यालयबाट पुरा गरे । नम्र स्वभाव तथा प्रष्ट बक्ता रहेका सिंह ०४६ को जनआन्दोलनमा पटक पटक जेलजीवन बिताए । कठिन संघर्ष र पार्टीभित्रको लामो सहयात्रा गर्दै ०४८ सालको झापामा सम्पन्न सातौं महाधिबेशनबाट १३ औं महाधिबेशन सम्म निरन्तर महाधिबेशन प्रतिनिधी र महासमिति सदस्य हुँदै आएका छन् ।
संगैका राजनैतिक सहकर्मी र सहपाठीहरुले पटक पटक लाभको पद पाएपनि सिंह भने सधै बञ्चित रहे । महाधिबेशन प्रतिनिधीबाहेक पार्टीमा समेत कुनै कार्यकारी जिम्मेवारी पाएनन् । यद्यपी धैर्य साथ राजनितीमा संयम भएर बसे । राजनितीमा जतिसुकै उतारचढाव भएपनि पार्टीभित्र इमान्दारिता दर्शाए । राजनैतिक संघर्षबाट पछि हटेनन् । इमानदारीपूर्वक हरेक निर्वाचनमा अबिचलीत भइ खटिए । राजनैतिक जीवनमा कहिल्यै बिबादित नबनेका सिंह नेपाली राजनितीमा देखिएको आर्थिक अनियमीतता तथा भ्रष्टाचारबाट टाढै बसे ।
नरेन्द्र सिंहको त्याग र समर्पणबारे कांग्रेस नेता यज्ञराज पाठक सधै ०४९ सालमा पहिलो पटक स्थानीय निकायहरुको निर्वाचन सम्झन्छन् । डोटीका ५२ गाबिसबाट निर्वाचित गाबिस अध्यक्षहरुमध्य ४३ जनाले नरेन्द्र सिंहलाई जिल्ला सभापतिमा समर्थन गरे । तर पार्टीले उनलाई साथ दिएन । उनी सभापतिबाट बञ्चित रहे । बहुमतले समर्थन गर्दागर्दै पनि पद गुम्दा नरेन्द्र सिंह हिमाल झै अटल रहेर पार्टीभित्र लागिरहेको पाठक बताउँछन् । सो घटनाको प्रसंग झिक्दै तत्कालिन मुडभरा गाबिस अध्यक्ष सीताराम जोशी सिंहको राजनैतिक इमानदारीता र धैर्यताको प्रसंशा गर्छन् ।
पार्टीभित्रको आन्तरिक संघर्षबाट खारिएका सिंह ०७८ सालमा सम्पन्न १४ औं महाधिबेशनबाट मात्रै नेपाली कांग्रेस डोटीको सभापतिमा निर्वाचीत भए । उनको नेतृत्वमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस डोटीले ९ मध्य ७ पालिकामा बहुमत ल्याउनुका साथै एउटा पालिकामा थप उपाध्यक्ष जित्यो । ऐतिहासिक जीत दिलाउन सफल भएका नरेन्द्र सिंह टिकट बितरण र निर्वाचन व्यवस्थापनमा आफुले देखाएको कुशलता, कांग्रेसका नेताकार्यकर्ता एक ढिक्का भएकाले डोटी कांग्रेसको किल्ला बनेको बताउँछन् । केही ठाउँमा देखिएको टिकट बितरणमा देखिएको कमजोरीबाहेक आफुले पार्टीलाई सशक्त बनाएको बताउँछन् ।
सभापति भएलगत्तै उनले सिलगढी स्थित पार्टी कार्यालयलाई व्यवस्थित पारे । आफुपनि कार्यालय मै बसे । कार्यकर्ताहरुका लागि समेत आवासको ब्यवस्था गरे । पार्टीको नियमीत बैठक चलाइरहेका छन् ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा आफु खटिने उनको प्रतिबद्धता छ । भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा इमानदारीपूर्वक पालिकातहबाट आएका योजनाहरुमा काम गर्ने योजना रहेको सिंहले बताए । सबै गाउँहरुलाई सडक संञ्जालमा जोडी सडक स्तरोन्नती गर्नुका साथै मुख्य ग्रामिण सडकहरुलाई कालोपत्रे गरिने सिंहले बताए । उनी हरेक पालिकामा एमबिबिएस डाक्टर प्रदेश सरकारले खटाउने गरि निती बनाउने, पूर्वीचौकी गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकालाई व्यवस्थित शहर बनाउन बिशेष प्याकेट ल्याइने बताउँछन् । दिपायल र सिलगढीलाई भने शैक्षिक हबका रुपमा बनाउन प्रादेशिकस्तरका विभिन्न प्राबिधीक बिषय ल्याउने उनको योजना छ । त्यसले प्रदेश राजधानी गुम्दाको क्षतीलाई न्यूकरण हुने आशा छ ।
चुनावको मुखमा आएर विपक्षीले उनलाई पुरानो पुस्ता भनेर आरोप लगाउने गरेका छन् । युवालाई मत दिनुपर्ने तर्क गर्दै विपक्षीले मत मागिरहेका छन् । नेपाली कांग्रेसका कार्यबाहक सभापति नारायण जोशी भने सिंहलाई अनुभवले निखारिएका नयाँ अनुहार भनेर चिनाउन रुचाउँछन् । उमेरले युवा भएको भन्दापनि जोश , जाँगर र इच्छाशक्ति भएको नरेन्द्र सिंह राजनैतिक क्षेत्रका लागि अहिले आवश्यक युवा हो जोशीको भनाइ छ । जमानामा स्नाकोत्तर गरेका सिंहमा बिकास पनि निरन्तर राजनितीमा अबिचलित भइ सकृय रहनुले पनि उनमा जनताको सेवा गर्ने चाहना उत्कट रहेको नेपाली कांग्रेसका जिल्ला सचिव गणेश खड्का बताउँछन् ।
बोलेर , स्वार्थका लागि मतदाताको खुट्टा ढोग्ने जस्ता ढोंग गर्न मन नपराउने उनी बताउँछन् । जनतालाई मनलाई सम्मान गर्छु पर्छ उनको भनाइ छ । अन्यबेला उपभोक्ता समितिहरुमा समेत ¥याल काढ्ने, विभिन्न अनुदान र बजेटमा कमिसन माग्ने, सर्वसाधारणलाई ठाडो र अपाच्य शव्दको प्रयोग गरि अपहेलना गर्ने जस्ता प्रबृति आफ्नो नरहेको सिंहले बताए ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



