२०८२ माघ २२
February 4, 2026, Wednesday

गठबन्धनको जीत आर्थिक समृद्धि र संविधानको संरक्षणका लागि फलदायी – उम्मेदवार सिंह

Advertisement


डोटी- नेपाली काँग्रेस डोटीका सभापति तथा प्रदेश सभा ‘क’ का उम्मेदवार नरेन्द्र बहादुर सिंहले गठबन्धनको जीत संविधानको संरक्षण र मुलुकको आर्थिक समृद्धिका लागि फलदायी हुने बताए ।

Advertisement

सोमवार दिपायल सिलगढी नगरपालिकाको लडागडा लगायतका ठाउँमा लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रदेश सभा ‘क’ का उम्मेदवार सिंहले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

सभापति सिंहले ७० वर्षको नेपाली जनताको सङ्घर्षपछि जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि मतदाताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।

उनले भने, ‘संविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रुत रूपमा विकासका लागि सिंहले भने।’

मंसिर ४ को निर्वाचन जीतेपछि यहाँको समग्र विकास, संविधानको रक्षा, समुदायको अधिकार स्थापित गर्ने वाचा गरे ।

आफूले पार्टीबाट ३४ वर्ष पछि टिकट पाएको स्मरण गराउँदै जनताको भावना अनुरूप काम गरेर नयाँपन दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवार प्रशिस महरा,प्रदेश समानुपातिक उम्मेदवार कुमार सीँ टेलर , नेकपा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार गीता शोप नेपाली, पूर्णराज जोशी लगायत लोकतान्त्रिक वाम गठबन्धनका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०७९ कार्तिक २१, सोमबार १७:२६

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०७९ कार्तिक २१, सोमबार १७:२६

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०७९ कार्तिक २१, सोमबार १७:२६

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP