२०८२ माघ २२
February 4, 2026, Wednesday

ओली प्रतिगमनका नाइके हुन् : बलायर


अत्तरिया– नेपाली कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ मा बाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार वीरबहादुर बलायरले केपी ओली प्रतिगमनका नाइके भएको बताएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ३ मालाखेतीमा भएको मतदाता भेटघाटका क्रममा बोल्दै नेता बलायरले सो कुरा बताएका हुन् ।

Advertisement


मध्यराति राष्ट्रपतिलाई व्युँझाएर संविधानको हत्या गर्न खोजेको बताउँदै उनले भने,‘ओलीले दुई दुई पटक जनताले मत दिएर पठाएको संसद भंग गरे ।’ आफूलाई राष्ट्रवादी ठान्ने केपी ओली प्रवृत्तिका विरुद्धमा मंसिर ४ मा जनताले मत जाहेर गरेर देखाइदिने पनि उनले बताए । ‘अब ओली प्रवृत्तिका विरुद्धमा जनताले मंसिर ४ मा लोकतान्त्रिक–बाम गठबन्धनलाई मत जाहेर गरेर देखाइदिने छन् ।’

Advertisement


कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेर गएको दुई वर्षभित्रै आफूले क्षेत्र नम्बर ४ कै ३० वटै वडामा एम्बुलेन्स सेवा प्रदान गर्ने बताए । उनले भने,‘म पहिलो प्राथमिकतामा सबै वडामा एम्बुलेन्स सेवा प्रदान गर्नेछु ।’ यसका साथै आफ्नो महत्वपूर्ण काम भनेको चौमाला–खैराला सडक, खुटिया–दिपायल फाष्ट ट्रयाक र चौकीडाँडा–फल्टुँडे सडकलाई निर्माण गर्ने भएको उनले बताए । उनले भने,‘चौमाला–खैराला सडक, खुटिया–दिपायल फाष्ट ट्रयाक र चौकीडाँडा–फल्टुँडे सडक चाँडै बनाउन सकिएमा धेरै ठूलो उपलब्धि हुने थियो, त्यसका लागि म लाग्नेछु ।’


लेखराज भट्टले स्याउले फाष्ट ट्रयाक सडकमा विर्को लगाएको बताउँदै नेता बलायरले भने,‘फाष्ट ट्रयाकको लागि मैले डोटीमा घोक्रो चिरेर कराई केन्द्रमा हाले, बीपीनगरमा अफिस खोले, तर सडकको गति सर्दै सरेन,के भयो भनेको त लेखराज दाइले स्याउलेमै बिर्को लगाइ दिएका रहेछन् ।’


अब आफूले त्यो बिर्को खोलेर सडकलाई दिपायल पुगाउने बताए । ‘अब म त्यो बिर्कोलाई खोल्नका लागि आइहालेको छु,’ उनले भने,‘पहिले मैले डोटीमा फाष्ट ट्रयाक ल्याउछु भन्थे, तर अब म यहाँबाट डोटीमा फाष्ट ट्रयाक पठाउँछु ।’

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०७९ कार्तिक २२, मंगलवार १८:४५

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०७९ कार्तिक २२, मंगलवार १८:४५

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०७९ कार्तिक २२, मंगलवार १८:४५

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP