
अत्तरिया– कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वीरबहादुर बलायरले प्रतिद्वन्द्वी लेखराज भट्टका भाइसँग मत मागेका छन् ।
अत्तरिया क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै गर्दा भेटिएका लेखराज भट्टका भाइ गोकर्ण भट्टसँग बलायरले मत मागेका हुन् । घरदैलो कार्यक्रमकै क्रममा भेटिएका गोकर्णलाई उच्च राजनीतिक संस्कार देखाउँदै बलायरले हात मिलाउँदै आफूलाई मतदान गर्न आग्रह गरेका हुन् ।
‘चुनावको बेला प्रतिद्वन्द्वी भेटिँदा प्रायः पानी बाराबार गर्ने उम्मेदवारहरुका सामु बलायरले उच्च राजनीतिक संस्कार देखाउँदै लेखराजका भाइ गोकर्ण भट्ट बसेको स्थानमै पुगी भोट मागे,’ स्थानीय सुरेश बोहराले भने,‘यो बलायरको उच्च राजनीतिक संस्कार हो ।’


