२०८३ श्रावण १३
July 29, 2026, Wednesday

बडिकेदार गाउँपालिकाको केन्द्रमै छैन विद्युत्

धनगढी – सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन। डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो।

Advertisement


स्थानीय सरकार स्थापना भएको करिब छ वर्ष बितिसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसरण लाइन पुग्न सकेको छैन । गाउँपालिका–१ बिपीनगरस्थित कापडी गाडमा विद्युत्गृह निर्माण गरिए पनि अहिलेसम्म पालिकाका सबै वडामा विद्युत् विस्तार हुनसकेको छैन।


कृषि क्षेत्रको उर्वरभूमि मानिएको बडिकेदारमा विद्युत् सेवा नहुँदा फलफूलसँगै तरकारीका भण्डारका लागि तयार शीतभण्डार उपयोग हुन नसकेको बडिकेदार गाउँपालिका–२ का स्थानीय व्यापारी खड्क मौनीले बताए।


नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्षअघि बोलपत्र आह्वान गरेको थियो। तार तान्ने र पोल हाल्न सुरु गरे पनि गाउँपालिकाको कुनै पनि वडामा विद्युत् लाइन नपुगेको बडिकेदार गाउँपालिका–५ का प्रकाश मल्लको भनाइ छ।


बडिकेदार गाउँपालिकाको हाल वडा नं १ बिपिनगरमा रहेको विद्युत् सेवालाई थप प्रभाकारी बनाउँदै गाउँपालिकाको केन्द्रसँगै वडा नं १, २, ३, ४ र ५ वडामा विस्तार गरिने बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए। “आगामी पाचँ वर्षमा सबै वडामा बिजुली विस्तार हुन्छ”, उनले भने।


विद्युत प्राधिकारण दिपायल कार्यालयका प्रमुख राजेन्द्र लालदेवले बडिकेदार गाउँपालिकामा विद्युत् विस्तारका लागि ३१ करोड ४४ लाख ९४ हजार लागत लाग्ने विवरण पेस गरे १२ करोड मात्रै विनियोजन गरिएको बताए।

रासस

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP