Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

बडिकेदार गाउँपालिकाको केन्द्रमै छैन विद्युत्

धनगढी – सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन। डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो।

Advertisement


स्थानीय सरकार स्थापना भएको करिब छ वर्ष बितिसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसरण लाइन पुग्न सकेको छैन । गाउँपालिका–१ बिपीनगरस्थित कापडी गाडमा विद्युत्गृह निर्माण गरिए पनि अहिलेसम्म पालिकाका सबै वडामा विद्युत् विस्तार हुनसकेको छैन।

Advertisement


कृषि क्षेत्रको उर्वरभूमि मानिएको बडिकेदारमा विद्युत् सेवा नहुँदा फलफूलसँगै तरकारीका भण्डारका लागि तयार शीतभण्डार उपयोग हुन नसकेको बडिकेदार गाउँपालिका–२ का स्थानीय व्यापारी खड्क मौनीले बताए।


नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्षअघि बोलपत्र आह्वान गरेको थियो। तार तान्ने र पोल हाल्न सुरु गरे पनि गाउँपालिकाको कुनै पनि वडामा विद्युत् लाइन नपुगेको बडिकेदार गाउँपालिका–५ का प्रकाश मल्लको भनाइ छ।


बडिकेदार गाउँपालिकाको हाल वडा नं १ बिपिनगरमा रहेको विद्युत् सेवालाई थप प्रभाकारी बनाउँदै गाउँपालिकाको केन्द्रसँगै वडा नं १, २, ३, ४ र ५ वडामा विस्तार गरिने बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए। “आगामी पाचँ वर्षमा सबै वडामा बिजुली विस्तार हुन्छ”, उनले भने।


विद्युत प्राधिकारण दिपायल कार्यालयका प्रमुख राजेन्द्र लालदेवले बडिकेदार गाउँपालिकामा विद्युत् विस्तारका लागि ३१ करोड ४४ लाख ९४ हजार लागत लाग्ने विवरण पेस गरे १२ करोड मात्रै विनियोजन गरिएको बताए।

रासस

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!