२०८० मंसिर २२
December 8, 2023, Friday

प्रचण्डको नेतृत्वमा सरकार बनाउन राष्ट्रपतिकहाँ आजै दाबी पेश गरिने


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नेकपा एमाले नेतृत्वका दलहरु राष्ट्रपतिकहाँ सरकारको दाबी गर्ने भएका छन्।

Advertisement

संविधानको धारा ७६ को उपाधार २ अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीसहितका सांसदहरुको हस्ताक्षरसहित सरकारको दाबी गर्न लागिएको हो।

Advertisement

आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको थियो।

राष्ट्रपतिले दिएको सममयसीमाभित्रै दुईभन्दा बढी दलको सरकार बनाउने गरी राष्ट्रपतिको कार्यालय शीतल निवास जाने तयारी भएको छ।

प्रचण्डले अब यी पाँच दलको सहमति लिएर सरकारको दाबी गर्न शीतल निवास जानेछन्। अब प्रचण्ड कम्तीमा पनि २ वर्ष तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा रहनेछन्।
यो सहमतिको पुष्टि माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि गरेका छन्। उनले सहमति भएको जानकारी दिँदै नयाँ यात्राको सुरुवा भएको उल्लेख गरेका छन्।

प्रचण्डले आइतवार मात्रै बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा कुरा नमिलेपछि यात्रा सकिएको भन्दै बालकोट यात्रा तय गरेका थिए।

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०७९ पुष १०, आईतवार १६:५०

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०७९ पुष १०, आईतवार १६:५०

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०७९ पुष १०, आईतवार १६:५०

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP