२०८२ असार १
June 15, 2025, Sunday

देउवा, प्रचण्ड र ओली चतु-याइँ : फेल भयो देउवाको ‘डायलग एण्ड डिले’ कार्यनीति


नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ‘डायलग एण्ड डिले’ कार्यनीति फेल भएको छ । सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको दिनको समय सकेर वा माओवादीको समर्थनमा आफु प्रधानमन्त्री बन्ने उनको रणनीति फेल भएको हो ।

Advertisement

राष्ट्रपतिले आइतबार पाँच बजे अन्तिम समय दिएकी थिइन् । यो बीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री देउवाबीच लामो समय सहमतिको प्रयास भयो । पहिलो कार्यकालमा प्रधानमन्त्रीका अलावा राष्ट्रपतिपनि नेपाली कांग्रेसले लिनेदेउवाको े योजना थियो । एमालेसँगको माओवादीको सम्बन्धका कारण प्रचण्ड गठबन्धन छाडेर जान नसक्ने विश्लेषण उनको थियो ।

Advertisement

प्रचण्डले प्रधानमन्त्री नछाड्न जिद्दी गरिरहेको स्थितिमा वार्ता लम्ब्याउँदा राष्ट्रपतिले प्रदान गरेको निर्धारित समयावधि समाप्त हुन्छ । त्यो स्थितिमा देउवा प्रतिनिधि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने बाटो खुल्थ्यो । माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्न नसके संविधानको धारा ७२ (३) अनुसारको प्रधानमन्त्री बन्ने योजनामा उनी थिए । बहुमतको सरकार बन्न नसक्ने स्थितिमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था यो धाराले गरेको छ ।

यही विश्लेषणका साथ देउवाले राष्ट्रपतिले प्रदान गरेको एक हप्ताको अन्तिम मध्यान्हसम्म पनि प्रधानमन्त्री आफै हुनुपर्ने अडान लिइरहे । र, वार्ता लम्ब्याइरहे । वार्ताको नाममा समय लम्ब्याएर विपक्षीलाई कमजोर पार्ने नीतिलाई राजनीतिमा ‘डायलग एण्ड डिले’ को कार्यनीति भनिन्छ । राष्ट्रपतिले एक हप्ताको समय प्रदान गरेपछि देउवाले कार्यनीति अनुसार वार्ता लम्ब्याउने नीति कार्यान्वयन गरिरहे ।

देउवाको यो चतु–याइँसँग प्रचण्ड सजग त थिए नै उता एमाले अध्यक्ष केपीशर्मा ओलीसँग पनि सरकार गठनका लागि आन्तरिक तयारीमा थिए । वार्ता लम्बिरहने र सहमति नजुट्दापनि संविधानको धारा ७३ (३) अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको हैसियतमा देउवा नै प्रधानमन्त्री नियुक्त हुनसक्ने बुझेका प्रचण्डले आइतबारको बैठकलाई लम्ब्याउन चाहेनन् र समयमै गठबन्धन टुटेको घोषणा गरेर ओली निवास बालकोट पुगे । बालकोटमा त्यतिबेला ओलीको साथमा प्रचण्डका अलावा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राई नयाँ सरकार गठनबारे छलफल थिए ।

ओली शनिवार साँझसम्म विकसित परिस्थितिबाट ओलीपनि सत्ता गठबन्धन कायम नरहने निक्र्याेलमा पुगिसकेका थिए । उनले पनि एमालेको नेतृत्वमा सरकार गठन गर्ने आन्तरिक चतु–याइँ सहितको तयारी गरेका थिए । बालुवाटार बैठकको अन्तिम परिणति कुरिरहेका उनले लामिछाने, लिङ्देन र राईलाई ‘स्ट्याण्ड बाई’ मा राखेका थिए । सत्तागठबन्धन टुटेको घोषणा हुनासाथ उनीहरु बालकोट पुगिहाले ।

नयाँ सरकार गठनका लागि ७ दल र सुविधाजनक बहुमतसहितको नयाँ गठबन्धन निर्माण गरेर प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । देउवा, प्रचण्ड र ओलीबीचको चतु–याइँयुक्त खेल पछि सके बहुमतकै, नसके सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको प्रधानमन्त्री बन्ने देउवाको कार्यनीति भने असफल भएको छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ पुष १०, आईतवार १८:५३

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ पुष १०, आईतवार १८:५३

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ पुष १०, आईतवार १८:५३

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP