२०८३ श्रावण १४
July 30, 2026, Thursday

देउवा, प्रचण्ड र ओली चतु-याइँ : फेल भयो देउवाको ‘डायलग एण्ड डिले’ कार्यनीति


नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ‘डायलग एण्ड डिले’ कार्यनीति फेल भएको छ । सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको दिनको समय सकेर वा माओवादीको समर्थनमा आफु प्रधानमन्त्री बन्ने उनको रणनीति फेल भएको हो ।

Advertisement

राष्ट्रपतिले आइतबार पाँच बजे अन्तिम समय दिएकी थिइन् । यो बीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री देउवाबीच लामो समय सहमतिको प्रयास भयो । पहिलो कार्यकालमा प्रधानमन्त्रीका अलावा राष्ट्रपतिपनि नेपाली कांग्रेसले लिनेदेउवाको े योजना थियो । एमालेसँगको माओवादीको सम्बन्धका कारण प्रचण्ड गठबन्धन छाडेर जान नसक्ने विश्लेषण उनको थियो ।

प्रचण्डले प्रधानमन्त्री नछाड्न जिद्दी गरिरहेको स्थितिमा वार्ता लम्ब्याउँदा राष्ट्रपतिले प्रदान गरेको निर्धारित समयावधि समाप्त हुन्छ । त्यो स्थितिमा देउवा प्रतिनिधि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने बाटो खुल्थ्यो । माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्न नसके संविधानको धारा ७२ (३) अनुसारको प्रधानमन्त्री बन्ने योजनामा उनी थिए । बहुमतको सरकार बन्न नसक्ने स्थितिमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था यो धाराले गरेको छ ।

यही विश्लेषणका साथ देउवाले राष्ट्रपतिले प्रदान गरेको एक हप्ताको अन्तिम मध्यान्हसम्म पनि प्रधानमन्त्री आफै हुनुपर्ने अडान लिइरहे । र, वार्ता लम्ब्याइरहे । वार्ताको नाममा समय लम्ब्याएर विपक्षीलाई कमजोर पार्ने नीतिलाई राजनीतिमा ‘डायलग एण्ड डिले’ को कार्यनीति भनिन्छ । राष्ट्रपतिले एक हप्ताको समय प्रदान गरेपछि देउवाले कार्यनीति अनुसार वार्ता लम्ब्याउने नीति कार्यान्वयन गरिरहे ।

देउवाको यो चतु–याइँसँग प्रचण्ड सजग त थिए नै उता एमाले अध्यक्ष केपीशर्मा ओलीसँग पनि सरकार गठनका लागि आन्तरिक तयारीमा थिए । वार्ता लम्बिरहने र सहमति नजुट्दापनि संविधानको धारा ७३ (३) अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको हैसियतमा देउवा नै प्रधानमन्त्री नियुक्त हुनसक्ने बुझेका प्रचण्डले आइतबारको बैठकलाई लम्ब्याउन चाहेनन् र समयमै गठबन्धन टुटेको घोषणा गरेर ओली निवास बालकोट पुगे । बालकोटमा त्यतिबेला ओलीको साथमा प्रचण्डका अलावा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राई नयाँ सरकार गठनबारे छलफल थिए ।

ओली शनिवार साँझसम्म विकसित परिस्थितिबाट ओलीपनि सत्ता गठबन्धन कायम नरहने निक्र्याेलमा पुगिसकेका थिए । उनले पनि एमालेको नेतृत्वमा सरकार गठन गर्ने आन्तरिक चतु–याइँ सहितको तयारी गरेका थिए । बालुवाटार बैठकको अन्तिम परिणति कुरिरहेका उनले लामिछाने, लिङ्देन र राईलाई ‘स्ट्याण्ड बाई’ मा राखेका थिए । सत्तागठबन्धन टुटेको घोषणा हुनासाथ उनीहरु बालकोट पुगिहाले ।

नयाँ सरकार गठनका लागि ७ दल र सुविधाजनक बहुमतसहितको नयाँ गठबन्धन निर्माण गरेर प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । देउवा, प्रचण्ड र ओलीबीचको चतु–याइँयुक्त खेल पछि सके बहुमतकै, नसके सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको प्रधानमन्त्री बन्ने देउवाको कार्यनीति भने असफल भएको छ ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP