
काठमाडौं- नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लामिछानेले पदभार गर्नुभएको हो ।
उहाँले आजै राष्ट्रपति भवनमा उप–प्रधानमन्त्रीसहित गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । उहाँ नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र लामो समय सञ्चारकर्मीका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गर्नु भएको छ । सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उहााले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताउनु भयो ।
उहाँले पदभार ग्रहणका बेला उपस्थित हुनु भएका गृह सचिव विनोद सिंहसँग निर्मला पन्तको घटनाबारे अपेडट गराउन निर्देशन दिनु भएको थियो ।
म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...
गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...
हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...