२०८२ माघ ११
January 24, 2026, Saturday

गलेश्वर शिवालयमा पहिलो साउने सोमबारमा भक्तजनको भीड (फोटो फिचर)

म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर शिवालयमा साउनको पहिलो सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनको चहलपहल सुरु भएको छ ।

Advertisement

प्रसिद्ध गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, दाङ, काठमाडौँ, चितवनलगायतका जिल्लाबाट भक्तजनहरू उल्लेख्य मात्रामा आएका छन् ।

Advertisement

भक्तजनका कारण गलेश्वर क्षेत्रमा चहलपहल बढेको छ । आज एकादशी व्रत पर्नुका साथै मौसम पनि सफा भएकाले पूजाआजा गर्न उल्लेख्य मात्रामा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

पूजालाई व्यवस्थित गर्न कोषले विभिन्न उपसमितिहरु गठन गरी स्वयंसेवकहरु परिचालन गरेको कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । तातोपानी कुण्ड व्यवस्थापन समितिले पहिलो पटक गलेश्वरमा दिव्य आरती गरेको छ ।

साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको कारण साउन महिनाभरि गलेश्वरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

पछिल्लो समय गलेश्वरका बारेमा प्रचारप्रसार भएकाले मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजनहरू पनि उल्लेख्य मात्रामा आउने कोषले जनाएको छ ।

कालीगण्डकी र राहुघाट नदीको किनारमा ९ रोपनी क्षेत्रफलको चट्टानमाथि फैलिएको गलेश्वर शिवालय मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई व्यवस्थित रूपमा पूजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समूह, लगायतले स्वयंसेवकको भूमिका निर्वाह गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।

Related News

म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
  • २०८२ श्रावण ६, सोमबार ०७:०२

म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०८२ श्रावण ६, सोमबार ०७:०२

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०८२ श्रावण ६, सोमबार ०७:०२

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

TOP