२०८३ आश्विन १
September 17, 2026, Thursday

तिप्ल्याङको पसल र होटलमा म्याद नाघेका पेय पदार्थ छ्याप्ती

राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्याप छ्याप्ती भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीका लागि राखेको पाइएको हो ।

Advertisement

अनुगमन टोलीको नेतृत्व गर्नुभएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले १७ वटा होटल तथा पसलमा अनुगमन गर्दा रु. ३० हजार मूल्य बराबरको म्याद नाघेका पेय पदार्थ र मदिरा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिक्रीका लागि राखिएका बियर, कोक, फेन्टा, भुजा र फुरन दानाको म्याद नाघेको पाइएको थियो । सबैभन्दा बढी म्याद नाघेका सामान नमस्ते होटलमा भेटिएको थियो ।

“एक वर्षअघिनै म्याद नाघेका सामान बिक्रीका लागि राखेको भेटियो,” कार्यालयका कर्मचारी सन्तोष ढुङ्गगानाले भन्नुभयो “पहिलो पटक भएकाले व्यवसायीलाई सचेत बनाएर म्याद नाघेका सामान डिलरकहाँ फिर्ता पठाउन लगाएका छौ ।” सो ठाउँमा अर्को पटक बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्रीका लागि राखेको जफत र नष्ट गर्नुका साथै जरिवाना तिराउने कार्यालयले चेतावनी दिएको छ ।

तिप्ल्याङ म्याग्दी हुदै मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र पाहुनाहरुले खाजा खाना खाने ब्यापारिक केन्द्र हो । जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, अस्थायी प्रहरी बिट तिप्ल्याङका प्रतिनिधि र पत्रकारको टोलीले अनुगमन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म ९ पटक १६० वटा उद्योग, व्यवसायको अनुगमन गरेको कार्यालयले जनाएको छ ।

Related News

अन्नपूर्ण हिमालबारे क्युआर कोडमार्फत जानकारी
अन्नपूर्ण हिमालबारे क्युआर कोडमार्फत जानकारी
  • २०८३ भाद्र ४, बिहीबार १५:२९

हिमालको आधार शिविर तथा पदमार्गबारे पर्यटकलाई सूचना तथा आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले क्युआर कोड सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी...

नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
  • २०८३ श्रावण ६, बुधबार १४:०६

नेपाली कांग्रेस म्याग्दीले ४४औँ विपी स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। बेनी नगरपालिका–७ स्थित संगमचोकमा रहेको पार्टी कार्यालयमा आयोजित...

दामोदरकुण्ड दर्शनका लागि खुला
दामोदरकुण्ड दर्शनका लागि खुला
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२९

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४...

TOP