२०८२ असार २
June 16, 2025, Monday

तिप्ल्याङको पसल र होटलमा म्याद नाघेका पेय पदार्थ छ्याप्ती

राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्याप छ्याप्ती भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीका लागि राखेको पाइएको हो ।

Advertisement

अनुगमन टोलीको नेतृत्व गर्नुभएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले १७ वटा होटल तथा पसलमा अनुगमन गर्दा रु. ३० हजार मूल्य बराबरको म्याद नाघेका पेय पदार्थ र मदिरा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिक्रीका लागि राखिएका बियर, कोक, फेन्टा, भुजा र फुरन दानाको म्याद नाघेको पाइएको थियो । सबैभन्दा बढी म्याद नाघेका सामान नमस्ते होटलमा भेटिएको थियो ।

Advertisement

“एक वर्षअघिनै म्याद नाघेका सामान बिक्रीका लागि राखेको भेटियो,” कार्यालयका कर्मचारी सन्तोष ढुङ्गगानाले भन्नुभयो “पहिलो पटक भएकाले व्यवसायीलाई सचेत बनाएर म्याद नाघेका सामान डिलरकहाँ फिर्ता पठाउन लगाएका छौ ।” सो ठाउँमा अर्को पटक बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्रीका लागि राखेको जफत र नष्ट गर्नुका साथै जरिवाना तिराउने कार्यालयले चेतावनी दिएको छ ।

तिप्ल्याङ म्याग्दी हुदै मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र पाहुनाहरुले खाजा खाना खाने ब्यापारिक केन्द्र हो । जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, अस्थायी प्रहरी बिट तिप्ल्याङका प्रतिनिधि र पत्रकारको टोलीले अनुगमन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म ९ पटक १६० वटा उद्योग, व्यवसायको अनुगमन गरेको कार्यालयले जनाएको छ ।

Related News

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार गर्न निर्देशन
  • २०८० चैत्र ७, बुधबार १५:२३

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५...

बेनीका घरहरुमा क्यूआर कोडसहितको नम्बर डिजिटल प्रणाली
बेनीका घरहरुमा क्यूआर कोडसहितको नम्बर डिजिटल प्रणाली
  • २०८० चैत्र ७, बुधबार १५:२३

म्याग्दीको बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरू गरिएको छ । नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत...

A
  • २०८० चैत्र ७, बुधबार १५:२३

hgj Advertisement

TOP