दिपायल- संघ सरकार गठनका लागि एमाले माओवादी लगायत ७ दलको सहमति जुटेपछि प्रदेश सरकार गठनमा पनि कांग्रेसलाई घाटा हुने भएका छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशबाट कांग्रेस ‘रिङआउट’ हुने देखिन्छ ।
सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यहरु आवश्यक पर्दछन् । सुदूरपश्चिममा पनि पहिलो दल बनेको कांग्रेससँग १९ जनाएकीकृत समाजवादी सँग ४ जना सदस्यहरु छन् । माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, राप्रपासँग १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।
संघीय सरकारका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूबीच सत्ता भागबण्डाको टुंगो लागिसकेको छ । यही गठबन्धन कायम रहेमा सुदूरपश्चिम प्रदेशमा पनि सहजै सरकार बन्न सक्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले यस राष्ट्रिय परीक्षा बोर्डले लिएको वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगद...
‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी...
पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत...