२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

कुहुँमा आयोडिनयुक्त नुन सम्बन्धी सचेतनामुलक कार्यक्रम

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माविमा आयोडिन युक्त नुनको प्रयोगका सम्बन्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

साल्ट टे«डिङ कर्पोरेशन बाग्लुङ शाखाको आयोजनामा दिपशिखा माविका विद्यार्थीहरुलाई आयोडिनयुक्त नुनको सन्देश उल्लेख गरिएको झोला वितरण गरिएको हो । ३० जना बालबालिकालाई स्कुल ब्याग र १० जना महिलाहरुलाई घरायसी काममा प्रयोग हुने झोला वितरण गरिएको थियो । फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने गरिन्छ ।

Advertisement

कार्यक्रममा गलगाड लगायत आयोडिनको कमीले हुने स्वास्थ्य समस्याबाट बच्नका लागि पलास्टिकको प्याकेटको आयोडिनयुक्त नुन प्रयोग गर्न, नुनलाई खुल्ला भाडामा नराख्न र ढिके नुनको प्रयोग नगर्न अनुरोध गरिएको थियो ।

विद्यालयका प्रअ नन्दबहादुर खत्रीको अध्यक्षता, शिक्षक हरिकृष्ण भट्टराईको सञ्चालन र नविन भट्टराईको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा साल्ट टे«डिङ कर्पोरेशन बाग्लुङका प्रमुख मनोजकुमार श्रेष्ठ र कुहुँ स्वास्थ्य चौकीका अहेव प्रतिक्षा ओलीले आयोडिनयुक्त नुनको फाइदाका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष एकजित रोका, कर्पोरेशनका कमृचारी लालबहादुर शाह, म्याग्दीका अधिकृत बिक्रेता मोतिलाल पौडेल, व्यवसायी नन्दु खत्री लगायतको पनि उपस्थिति रहेको थियो ।

Related News

दामोदरकुण्ड दर्शनका लागि खुला
दामोदरकुण्ड दर्शनका लागि खुला
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२९

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४...

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार गर्न निर्देशन
  • २०८१ असार २६, बुधबार १३:४९

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५...

बेनीका घरहरुमा क्यूआर कोडसहितको नम्बर डिजिटल प्रणाली
बेनीका घरहरुमा क्यूआर कोडसहितको नम्बर डिजिटल प्रणाली
  • २०८१ जेष्ठ ११, शुक्रबार १५:१५

म्याग्दीको बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरू गरिएको छ । नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत...

TOP