२०८३ भाद्र ८
August 24, 2026, Monday

बेनीका घरहरुमा क्यूआर कोडसहितको नम्बर डिजिटल प्रणाली

म्याग्दीको बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरू गरिएको छ । नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरी सदरमुकाम बेनीबजारबाट घर नम्बरिङको शुभारम्भ गरिएको हो ।

Advertisement

बेनी नगरपालिकाका मेयर सुरत केसीले लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गदैं नगरबासीको गोपनियतालाई कायम गदैं नगरबाट प्रदान गरिने हरेक प्रकारका सेवाहरू तथा समस्यामा परेका नगरबासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने गरी घरमा नम्बर टाँस्ने काम समेत सुरू गरिएको बताउनुभयो ।
‘सबै घरमा डिजिटल नम्बर जडान गरिने छ,‘नगरबासीलाई करको दायरामा ल्याउनेभन्दा बढी सेवा दिन यो प्रविधिको प्रयोग हुन्छ’ मेयर केसीले भन्नुुभयो ।

डिजिटल घर नम्बर प्रणाली जडान भएपछि घरपरिवारको परिचय, घटना दुर्घटना तथा विपत्तको सूचनाका साथै तत्काल सहयोग चाहिएमा छिमेकीलाई समेत नगरपालिकाबाटै खवर गर्न सकिने सहित दर्जनौ सुविधा भएकाले डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुने मेयर केसीले बताउनुभयो ।

उहाँले नगरबासीको ब्यक्तिगत विवरण सुरक्षित हुने भएकाले घरपरिवारका सदस्य सहित शैक्षिक योग्यता, अनुभव तथा समाजमा गर्न सकिने सहयोगका बारेमा समेत अपटेड हुदाँ भविस्यमा नगरबासीसँग सहकार्य गरी काम गर्न सकिने जनशक्तीको पहिचान समेत हुने भएकाले विवरण उपलब्ध गराउन समेत अनुरोध गर्नुभयो ।

घरमा डिजिटल नम्बरिङपछि सेवासुविधाको दुरुपयोग रोक्न सकिने, आफ्नो सूचनाहरू अपडेट गर्न सकिने, सुत्केरी, गर्भवती तथा जटिल रोग र बिरामी परेको अवस्थामा आवश्यक औषधि तथा एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेगरि भौगोलिक सूचना प्रणालीको विकास गरिएको बेनपा–८ का वडा अध्यक्ष उत्तमकुमार कमार्चायले बताउनुभयो ।

नगरपालिकाले वडा नं ८ बाट सुरू गरी सबै १० वटै वडाका घर अगाडी जडान गर्ने छ । डिजिटल घर नम्बर प्रणाली शुभारम्भ कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम लगायतको उपस्थिती रहेको थियो ।

Related News

अन्नपूर्ण हिमालबारे क्युआर कोडमार्फत जानकारी
अन्नपूर्ण हिमालबारे क्युआर कोडमार्फत जानकारी
  • २०८३ भाद्र ४, बिहीबार १५:२९

हिमालको आधार शिविर तथा पदमार्गबारे पर्यटकलाई सूचना तथा आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले क्युआर कोड सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी...

नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
नेपाली कांग्रेस म्याग्दीले विपी स्मृति दिवस मनायो ः जरा अभियानको समापन
  • २०८३ श्रावण ६, बुधबार १४:०६

नेपाली कांग्रेस म्याग्दीले ४४औँ विपी स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। बेनी नगरपालिका–७ स्थित संगमचोकमा रहेको पार्टी कार्यालयमा आयोजित...

दामोदरकुण्ड दर्शनका लागि खुला
दामोदरकुण्ड दर्शनका लागि खुला
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२९

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४...

TOP